Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपाललाई माननीय गंगा थारुकाे विशेष अनुरोध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 4, 2021
309 shares

काठमाडौ । माननीय गंगा थारुले नेता नेपाल लाई १४ बुधे विशेष अुराेध गरेकिछिन्।आफ्नाे फेसबुक स्टाटसमा उक्त अनुराेध गर्दै गंगा भन्छिन् ,

ब्यक्ति सगकाे इगाेकाे कारण दसकाैँदेखि पार्टीकालागि खर्चेका ती ब्यक्तिहरु साथै एमाले पार्टिनै संकटमा पुगेकाे बताउछिन्।
देसिबिदेसि शक्ति र प्रतिपक्षमा रहेकाे पार्टिहरुसग साँठ गाँठ गरेर आखिरमा संस्थानै सिध्याउदा तपाईंको इच्छ्या पूरा हुनेभए गर्नाेस तर भबिस्यले हिसाब राख्ला जाे ब्यक्ति बिशेषकाे बिषय संस्थाकाे फुट सम्मै तानियाे।

माधव नेपाल कमरेडलाई मेरो विशेष अनुरोध :

  • एउटा व्यक्ति संगको इगोको कारण तपाईं हामी सबैको प्यारो र विशाल पार्टी नेकपा एमाले अहिले गम्भीर संकटमा परेको छ । फुटको संघारमा पुगेको छ ।
  • देशी विदेशी शक्तिहरु अहिले हाम्रो लोकप्रिय र विशाल पार्टीलाई क्षत् विक्षत् / चकनाचूर पार्न उद्दत छन् । न्वारान देखिको बल लगाई रहेका छन् ।
  • पार्टीका लाखौं कार्यकर्ता र शुभेच्छुक/ समर्थकहरु अहिले निराश छन् ।
  • पार्टी भित्रको झगडा र अन्तरविरोध पार्टी भित्रै समाधान गर्नु जस्तो उत्तम विकल्प अरु केही हुन सक्दैन । कमरेड आफै जानिफकार हुनु हुन्छ ।
  • विपक्षी दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थ पूर्तिका लागि तपाईंलाई दैनिक जसो कोटेश्वर धाएर उकासी रहेका पनि हुन सक्छन् । एमाले फुटाउन सके उनीहरुलाई ठूलो राहत पनि हुन्छ होला ।
  • यदि त्यसो भयो भने एमालेको चाहीं हालत के हुन्छ कमरेड ? एक चोटी ठण्डा दिमागले सोच्नु होस् त !
  • ⁃यो पार्टी तपाईं हरु जस्ता एक से एक दिग्गज नेताहरुले रगत पसिना चुहाएर बनाउनु भएको र यो ठाउं सम्म ल्याई पुर्याउनु भएको होइन र ? मायॉ लाग्दैन कमरेड ?
  • जति पनि तीता मिठा कुराहरु छन् , मतभेदहरु छन् , अन्तरविरोधहरु छन् पार्टी बैठकमा भाग लिएर त्यहींबाट हल गर्नु चाहीं उत्तम विकल्प होइन र कमरेड ?
  • आफ्नो पार्टीको अध्यक्ष पराई र अर्को पार्टीको अध्यक्ष प्यारो कदापि हुन सक्दैन । उनीहरुले त आफ्नो मिशन पूरा भए पछि लात हान्नेछन् । यसमा कुनै शंका छैन कमरेड ।
  • पार्टी अध्यक्ष मनै परेको छैन भने , अनुहार नै हेर्न मन छैन भने , सुध्रिन्छन् भन्ने लागेको छैन भने पार्टीको बैठकमा उपस्थित भएर आफ्नो बहुमत सिद्ध गरेर हटाए भई हाल्यो नी वैधानिक बाटोबाट ।
  • दुबै पक्षबाट भएका गल्ति र कमि कमजोरीहरु प्रति आत्मालोचना गर्दै पार्टीलाई एक ढिक्का राख्नु र अझै सुदृढ़ पार्दै लैजानु अनि पार्टीका लाखौं कार्यकर्ता र शुभचिंतक/ समर्थकहरूको मुहार हंसिलो पार्नु तपाईंहरुको दायित्व हो कमरेड ।
  • तपाईंले पहिला उठाउंदै आउनु भएका सबै मागहरु संवोधन भई सकेको अवस्था छ । अब नयॉ नयॉ मागहरु एक पछि अर्को गर्दै थप्दै जानु भनेको पार्टीलाई जसरी भए पनि फुटाउन नै लागी परेको अर्थमा बुझ्नु पर्ने हुन्छ हामी जस्ता सामान्य कार्यकर्ताहरुले ।
  • अत: यस्तो व्यापक जनाधार भएको , तपाईंहरुले नै दु:ख गरेर बनाउनु भएको , जन नेता कमरेड मदन भण्डारीको अगुवाईमा प्रतिपादित जनताको बहुदलीय जनवाद जस्तो देश काल परिस्थिति सुहांउदो बिचार र सिद्धांत बोकेको सूर्य चिन्ह धारी लोकप्रीय पार्टी लाई फुटाएर इतिहासमा कलंकको टीका नलगाउनुहोस् कमरेड मेरो बिन्ती छ ।
  • Open Photo

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved