Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दल फुटाउने अध्यादेशको चौतर्फी विरोध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2021
45 shares

काठमाण्डाै – दल फुटाउन सहज हुनेगरी सरकारले अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । राजनीतिक दलहरुको टुटफुटका कारण अस्थिरता भएको भन्दै राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी फुटाउन संसदीय दल र केन्द्रीय समितिमा कम्तिमा पनि ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान राखिएको थियो ।

तर अहिले सत्ता स्वार्थ र एक अर्काको रिस फेर्नकै लागि दल फुटाउने प्रावधान खुकुलो बनाउन लागिएको भन्दै विरोध भएको हो । ४० प्रतिशतलाई हटाएर सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत मात्रै संख्या पुर्याउन सके पनि दल फुटाउन पाइने व्यवस्थासहितको अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको छ ।

राष्ट्रपतिले प्रक्रिया पुर्याएर अध्यादेश जारी गर्ने राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो । एमाले र जनता समाजवादी पार्टी फुटाउनको लागि यो अध्यादेश ल्याइएको र यसले विकृति ल्याउने भन्दै सरकारको आलोचना भएको हो । गएको वर्ष केपी शर्मा ओलीले यस्तै अध्यादेश ल्याउँदा माओवादी केन्द्र र नेपाली कांग्रेसले विरोध गरेका थिए । तर अहिले आफू सत्तामा पुगेपछि अध्यादेश ल्याउनु नैतिकहीन काम भएको कानुनविद्, बुद्धिजिवी र नागरिक अगुवाले आरोप लगाएका छन् ।

संविधानविद् भिमार्जुन आचार्यले असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार नगर्ने बताउनुभएको छ । जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको संविधानमाथि कै जालसाजी काम भएको उहाँले बताउनुभएको छ । अध्यादेशको नेपाली कांग्रेसभित्रबाटै पनि विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

महिलाकाे आशुमा पग्लिएकाे ती चाेरकाे मन

  • September 23, 2026

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved