एमसीसीबारे निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ

काठमाडौ ।  एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा […]

देउवा-ओलीबीच हिजाे साँझ के कुरा भयाे ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ताले राजनीतिकलाई रोचक मोडमा लाने संकेतहरु मिलेको छ । दुई नेताले दुई घन्टाबीच दुई पटक वार्ता गरेर हिजाे साँझ ओलि निवास बाकाेटमा राजनीतिक लेनदेनका कुराकानी गरेको बुझिएको छ । भेटमा एमसीसी पारित गर्ने देखि विभिन्न मुद्दाहरुमा सहमति बनाउनेबारे छलफल भएको विश्वस्त स्रोतले बताएको छ […]

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यही फागुन १३ गतेका लागि पूर्वनिर्धारित १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आएबमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको हो । यसअघि कांग्रेसले अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, […]

पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित

काठमाडौं अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् । सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल […]

प्रधानमन्त्री देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक भएका छन् । सरकारले आजै एमसीसी सदनमा टेबुल गर्नेगरि तयारी थालेको थियो । तर, सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने आफ्नो दलको संसदीय दलको निर्णय बोकेर बालुवाटार पुगेपछि देउवा एक कदम […]

राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने प्रचण्डकाे स्पष्टाेक्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजै एमसीसी संसद्मा टेबुल गर्ने अडानबाट ब्याक भएका छन् । सरकारले आजै एमसीसी सदनमा टेबुल गर्नेगरि तयारी थालेको थियो । तर, सत्ता घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी सदनमा टेबुल गरिए सरकारबाट बाहिरिने आफ्नो दलको संसदीय दलको निर्णय बोकेर बालुवाटार पुगेपछि देउवा एक कदम […]

कांग्रेसद्वारा कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन

काठमाडौं। नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघ सहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।

माओवादीको केन्द्रीय समिति बैठक फागुन ८ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीति, स्थानीय चुनावको तयारी र पार्टी पदाधिकारीलाई पूर्णता दिन माओवादीले फागुन ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक अनुपम फुडल्याण्डमा बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ […]

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान ९ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले अहिले बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको बताएकी छन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तयारी रहेको छ । बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ […]

चोलेन्द्र शमशेर जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको विल्कुलै मनशाय छैन : प्रमुख सचेतक भट्टराई

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगदेखि एमसीसीको विषयमा छलफल भएको छ । बैठकपछि मिडियासँग कुरा गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘प्रधानन्यायाधीशविरुद्ध आएको महाभियोग चाहीँ खासगरी भन्ने हो भने यो निर्वाचनलाई जसरी पनि सार्न खोज्ने वा टार्न खोज्ने, एमसीसीलाई जसरी पनि सत्ता गठबन्धनको तर्फबाट पारित गर्ने, […]