धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६८ मतले पछाडि

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६८ मतले मात्रे पछाडी रहेका छन् । खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा छन् । हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ७ हजार ८२२ मत ल्याएका छन् । उनीभन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राई ६८ […]

भरतपुर महानगरपालिकामा निरन्तर अग्रता लिँदै रेनु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १७१२ मतको फराकिलो अग्रता लिएका हुन् ।२७ हजार ४३८ गणना गर्दा रेनुले ९ हजार ९७० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार २५८ […]

लिङ्देनले गृहपालिका गुमाए, नेपाली कांग्रेस निर्वाचित

काठमाडौँ। स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै गृहपालिका गुमाएका छन् । झापाको कचनकवल गाउँपालिका लिङ्देनको गृहपालिका हो । जहाँ नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । राजवंशी ११ हजार ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निटतम प्रतिस्पर्धी राप्रपाका अन्जार आलम ६ हजार ६६७ मत प्राप्त […]

रौतहट राजदेवी नगरपालिकामा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव निर्वाचित भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त […]

दिक्तेल रुपाकाेट नगरपालिकाकाे प्रमुखमा भट्टराई , उपप्रमुखमा राई

खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको मेयरका उम्मेदवार तीर्थराज भट्टराई र नेकपा (माओवादी केन्द्र) का उपमेयरका उम्मेदवार विसन राई विजयी भएका हुन। भट्टराईले एमालेका उम्मेदवार कुमार आचार्यलाई पराजित गरेका हुन्। भट्टराईले ११ हजार ३८९ र आचार्यले ६ हजार ९९६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

बुलिङटार गाउँपालिकामा पराजित अध्यक्षको संयोजकमा छायाँ सरकार गठन

जगत ठाडा मगर नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट पराजित अध्यक्ष शशिकिरण बास्ताकोटीको संयोजकमा छाँया सरकार गठन गरेको छ । छाँया सरकार गठनमा सदस्यहरुमा उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका सभापति रहेका छन। नेपाली कांग्रेस बुलिङटार गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर क्रमश: १,२,३,४ र ६ वडामा कांग्रेसको प्यानलनै बिजयी भएका छन । भने, वडा नन्बर – ५ […]

जुम्लाका पाँच वडाध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा विजयी हासिल गरेको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो । त्यस्तै, चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २७९ मत प्राप्त गरेका छन् भने उनका […]

देशभर ८ जिल्लाका मत गणना सम्पन्‍न

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मंगलरबार दिउँसो ३ बजेसम्ममा देशभरका ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्न भएको छ । प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सम्पन्न भएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा […]

चुनाव लडेका ४ पत्रकार पराजित

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा चुनाव लडेका चार पत्रकार पराजित भएका छन् । नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका हुन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । पराजित हुनेमा पश्चिम नवलपरासी […]

विभाजनको मार खेप्दै एमाले

काठमाडौं । विधि र विधानको अधिनस्थ हुनुपर्ने कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले व्यक्तिवादी बनाएपछिको परिणाम नेकपा  (एमाले) ले स्थानीय तह निर्वाचनमा ठूलो क्षति व्यहोरिरहेको छ । देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ । एमाले विभाजन भएर […]