पीडित किशोरी प्रहरीको सम्पर्कमा

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौनहिंसाको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उपत्यका प्रहरी अपराध महाशाखाले पीडितसँग सम्पर्क गरेर घटनाको अनुसन्धान सुरु गरेको हो । अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले उनीसँग सम्पर्क गरेर सत्यतथ्य बुझ्ने र उहाँलाई काउन्सिलिङ गर्ने प्रक्रिया अगाडि बढाएका बताए । ‘घटना बुझिसकेपछि उहाँलाई जसरी न्याय […]

यौन हिंसा पिडितलाई न्याय माग्दै प्रदर्शन

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक जना किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गर्दै शुक्रबार बिहान बालुवाटारमा प्रदर्शन भएको छ । प्रधानमन्त्री निवास अगाडी स्वतःस्फुर्त भएको प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर […]

स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी छ । मतदान भएको सातादिन हुँदा लगभग ७५ प्रतिशत स्थानीय तहको मतगणना सम्पन्न भएको छ । आज विहान १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले २८१ स्थानीय तहको नेतृत्व जित्न सफल भएको छ । ४३ स्थानीय तहमा अग्रता कामय राखेको कांग्रेस पहिलो पार्टी […]

अध्यक्ष ओलीको गृहनगरमा राप्रपा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा विजयी भएका छन् । गठबन्धनका उम्मेदवार उनले एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार थापाले १७ हजार ५ सय २५ र पौडेलले १६ हजार ९ सय ६६ मत पाए । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका रेगिना भट्टराई […]

धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो परिणमअनुसार उनले ११ हजार ३ सय ३९ मत ल्याएका छन् । अर्का प्रत्यासी कांग्रेसका किशोर राईले ९ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । सुरुवाति गणनामा पछि परेका हर्कले बुधबारदेखि अग्रता लिइरहेका हुन्। पछिल्लो गणनामा उनको अग्रता […]

बुटवल उपमहानगरपालिका अध्यक्षमा नेकपा एमाले पराजित

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। एमालेका ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । यहाँ ३ हजार ४ सय ३० मत खसेको थियो । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ […]

सप्तरी नगरपालिकामा माओवादी केन्द्रको पहिलो जित

काठमाडौँ । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा  (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा ९एकीकृत समाजवादी०सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए […]

बालेनलाई २६ हजार मतको आग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् । बिहान ४ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना […]

काठमाडौंमा बालेनलाई झण्डै ११ हजार मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता कायम गरिरहेका छन् । यो दिउँसो २ः५५ सम्मको गणनाको परिणाम अनुसरा एमालेका स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि छन् । शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ […]

यो सरकार नदीनाला भारतलाई बेच्न लागिपरेको छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको बताएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला बेच्ने काम तत्काल रोक्न […]