धरानमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो परिणमअनुसार उनले ११ हजार ३ सय ३९ मत ल्याएका छन् । अर्का प्रत्यासी कांग्रेसका किशोर राईले ९ हजार ८ सय ३० मत प्राप्त गरेका छन् । सुरुवाति गणनामा पछि परेका हर्कले बुधबारदेखि अग्रता लिइरहेका हुन्। पछिल्लो गणनामा उनको अग्रता […]
बुटवल उपमहानगरपालिका अध्यक्षमा नेकपा एमाले पराजित

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमाले पराजित भएको छ। एमालेका ज्ञानप्रसाद अर्याललाई ३५ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका हुन् । यहाँ ३ हजार ४ सय ३० मत खसेको थियो । यो नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमालेका स्वर्गीय नेता रामनाथ […]
सप्तरी नगरपालिकामा माओवादी केन्द्रको पहिलो जित

काठमाडौँ । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ । नेकपा ९एकीकृत समाजवादी०सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो । प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए […]
बालेनलाई २६ हजार मतको आग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । झण्डै ७० हजार मत गन्दा उनले २६ हजार ७५ मत पाएका छन् । बिहान ४ बजेसम्म ६९ हजार ६८२ मत गणना भइसकेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५६ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना […]
काठमाडौंमा बालेनलाई झण्डै ११ हजार मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता कायम गरिरहेका छन् । यो दिउँसो २ः५५ सम्मको गणनाको परिणाम अनुसरा एमालेका स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि छन् । शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ […]
यो सरकार नदीनाला भारतलाई बेच्न लागिपरेको छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको बताएका छन् । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै बिजुली भएको भन्दै राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला बेच्ने काम तत्काल रोक्न […]
गोरखाको सिरानचोक गाउँपालिकामा कांग्रेस निर्वाचित

काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हो । अध्यक्षमा ज्ञानेन्द्र गुरुङ र उपाध्यक्षमा रीता देवकोटा निर्वाचित भएका हुन् । गुरुङले ५ हजार ४०३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज पुडासैनीले ४ हजार १६८ मत पाएका छन् […]
गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय

काठमाडौं । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको हो । जेठ १४ मा साँझ […]
सिन्धुपाल्चोकको गुन्सामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

काठमाडौं । सिन्धुपाल्चोकको गुन्सामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका-५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी तैनाथ परिचानल गरिएको छ । बुधवार मत गणनाको क्रममा […]
धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १९१ मतले अग्रता

काठमाडौं । धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १ सय ९१ मतको अग्रता लिएका छन् । उनले कांग्रेसका किशोरलाई पछि पारेका हुन् । पछिल्लो परिणामअनुसार साम्पाङले ८ हजार ६ सय ६ मत ल्याउँदा काँग्रेसका राईले ८ हजार ४ सय १५ मत ल्याएका छन् । एमालेकी मञ्जु भण्डारीले ६ हजार ८ सय ९८ मत पाएकी […]
