Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सांसदहरूको एसपीपीदेखि बाढी–पहिरो र लाल आयोगसम्मको चासो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 17, 2022
6 shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न विषय उठाएका छन् ।

सांसदहरूले वर्षाको समयमा बाढी पहिरोको समस्यादेखि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता र लाल आयोगको प्रतिवेदन सार्वजनिकसम्मको मुद्धालाई उठाएका छन् । सांसद अत्तरकलम मुसलमानले बिहीबारको बैठकमा प्रतिपक्ष सांसदहरूले बोलेको एक घण्टामै एसपीपी माग गर्दै लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रतिपक्ष नेकपा एमालेको नैतिकतामाथि प्रश्न उठाए ।

सांसद अमृता थापाले एमाले सांसद तथा पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार संसद्मा बोलेको विषय रेकर्डबाट हटाउन माग गरिन् । “केपी ओली नेतृत्वको सरकार हुँदा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्राचार गर्नु भएको पत्र छ । अनि अमेरिकाले स्वीकृत दिँदा रक्षामन्त्री भएको मान्छेले चुनौती दिनु के हो ? उहाँको कुरा रेकर्डबाट हटाउनु पर्छ,” उनले भनिन् ।

एमाले सांसद खगराज अधिकारीले एसपीपीको पत्र सुशील कोइराला प्रधानमन्त्री हुँदा पठाइएको भन्दै आफूहरू छानबिन गर्न तयार भएको बताए । “नैतिकताको पाठ सिकाउनेहरूलाई चुनौती दिन चाहान्छु, त्यतिबेला सुशील कोइरालाले लेखेको पत्र ल्याउन चुनौती दिन्छु,” उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले मधेस र थरुहट आन्दोलनसँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । “मधेसको पार्टी, मधेसको मसिया, मधेसमा बलियो संगठन छ भन्ने पार्टी सरकारमा छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवाज उठाएका छौँ । किन प्रतिवेदन सार्वजनिक नगरेको । सार्वजनिक गर्न जोडदार माग गर्दछु,” उनले भने ।

सांसद अमनलाल मोदीले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने भन्दै ३५० घरपरिवार मुआव्जा नपाएर आर्थिक संकटबाट गुज्रनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved