काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने बताएका हुन्।

उनले भने,म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु, केही समयमा घोषणा गरेर लाग्नेछु सफल हुन्छु हुन्न थाहा छैन ।










