अभिनेता शाहले पाए सफाई, भाेलि रिहा हुँदै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने श्राेतले जानकारी दिए ।

जनयुद्धकाे उपलब्धि साझा सम्पत्ति हाे : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए। उनले जनयुद्धको २८औँ […]

प्रचण्ड र बाबुरामकाे पार्टी एकता हुने

काठमाण्डौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच बालुवाटारमा भएको भेटमा पार्टी एकताको सहमति बनेको हो । यस अघि निर्वाचनमा पनि दुवै दलले एउटै चुनाव चिन्हमा भाग लिएका थिए । एकतापछि पार्टीको नाम नयाँ राख्ने […]

उपसभामुखमा साेविता अघि सार्दै (रास्वपा)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा पनि दाबी गरेको छ । मन्त्रालय बाँडफाँडबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरूको बैठक बोलाइएको छ । एक नेताका अनुसार रास्वपाले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री […]

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ । सरकारमा सहभागी हुने बारे दुवै गठबन्धनका नेताहरुसँग रास्वपाले अनौपचारिक छलफल गरिरहेको छ । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपा सरकारमा जाने विषयमा कुराकानी भइरहेको स्रोतको भनाई छ । रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालका अनुसार रास्वपा जनताका पक्षमा […]

आजकाे माैसम

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई […]

नेपालीहरू कामका लागि कुन देश बढी रोज्छन्

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत्‌ नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि […]

फेक एकाउन्टमार्फत चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रोलिंगीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा छन् । प्रारम्भिक अनुसन्धानका क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका […]

कैलालीमा ५ अर्ब ३५ करोड बजेट फ्रिज

काठमाडौं । कैलालीमा गत आर्थिक वर्ष २०७८र७९ मा कूल विनियोजित बजेटबाट ५ अर्ब ३५ करोडभन्दा बढी रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको छ । स्थानीय तह, पूर्वाधार विकासका ठूला आयोजना तथा विभिन्न विषयगत कार्यालयका लागि संघीय सरकारबाट प्राप्त भएको कूल बजेट मध्ये ५ अर्ब ३५ करोड ५७ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको कोष तथा […]

आज सुन तोलामा एक हजारले घट्यो

काठमाडौँ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय […]