Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुन प्रकाशमानकाे आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 15, 2023
0 shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताएका छन् । कार्यक्रम गर्दा खर्च धेरै, तर परिणाम कम आउने खालको कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ ।

‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्‍यो,’ मंगलबार बिहान काठमाडौँको नयाँ बानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर गरौँ । धेरै खर्च गर्ने तर परिणाम थोरै निकाल्नु हुँदैन । बरु दुःख गरौँ न ।’

उनले २०४६ सालभन्दा अघिको जस्तै पार्टी बनाउनुपर्ने चुनौती रहेको भन्दै पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्ने चुनौती रहेको बताए । त्यसका लागि पैसाको बलमा पार्टीमा चलखेल गर्नेहरूलाई ठेगान लगाउनुपर्ने उनले बताए ।

पार्टीभित्र सुविधा भोगी गतिविधि अब रोक्नुपर्ने बताउँदै उनले भने, ‘काम सुको नगर्ने तर पैसाको चलखेल गर्नेहरूलाई अब ठेगान लगाउनुपर्छ । त्यसका लागि पार्टीभित्रैबाट अभियान चलाउनुपर्छ ।’

भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने बताए । ‘बिस्तारै करेक्सन गरेर २०४६ अघिको जस्तै पार्टी बनाउनुपर्ने छ । त्यसो भयो भने कांग्रेसलाई कसैले च्यालेन्ज दिन सक्दैन,’ उनले भने ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएको भन्दै सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ छ । ‘कप्लेन त सबैतिर छ । कप्लेन गरेर मात्र भएन नि । के गरेर समाधान गर्ने भन्नेतिर लाग्नुपर्‍यो,’ उनले भने, ‘मैले ५६ सालदेखि भन्दै आएको छु– टोल, वडासम्म विधि र नियमबाट चलाउनु पर्‍यो नि । हामी जहाँ–जहाँ छौँ, त्यहाँबाट लागौँ न ।’

कसैकसैले कचकच गर्दैमा जिम्मेवारी दिउँ नत भनेर दिन नहुने बताउँदै उनले त्यसो गरेमा इमान्दार नेता कार्यकर्ता निराश हुने बताए ।

केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउन उनले निर्देशन दिए । चर्का कुुरा गर्ने तर काम नगर्ने शैली बदल्न उनले आह्वान गरे । ‘केन्द्रले पठाइहाल्यो, गर्दिउँ न भनेर झारा टार्ने किसिमको काम गर्ने र भाषण मात्र चर्काचर्का कुरा गरेर मात्र हुँदैन,’ नेता सिंहले भने, ‘आधारभूत कुरा नगरेर उडन्ते कुरा गरेर, पार्टी कता–कता पुगिराछ आफूचाहिँ उडिराछ, यसरी काहिँ चल्छ ?’

कार्यक्रम कांग्रेस सह–महामन्त्री भीष्मराज आङदम्बेले पार्टीका निर्देशन पालना गरेर संगठन मजबुद बनाउन लाग्नुपर्ने बताए ।कांग्रेसले मात्रै मुलुका चुनौतीको सामना गर्न सक्ने भन्दै कांग्रेसले नै मुलुकलाई निकास दिने सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved