सांसदमाथि ह्विपलगाउनाे लगतहाे- बामदेब गाैतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताएका छन् । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने […]
सर्वोच्चले गर्यो विघटित प्रतिनिधिसभा बदर

रघुनाथ बजगाईं – काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि […]
नारायणगढ–मुग्लिङ सडक ठप्प, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध

काठमाण्डाै – पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५ बजेदेखि नै पहिरो पन्छाउने काम भइरहेको छ । अहिले दुई वटा डोजरमार्फत पहिरो पन्छाउने काम […]
जातीय विभेदविरुद्ध दलित संघर्ष समितिको प्रदर्शन

काठमाडौँ– देशभर दलित समुदायमाथि भइरहेका जातीय विभेदका घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौँमा प्रदर्शन गरेको छ । जातीय विभेद अन्त्य नभएका कारण विभिन्न घटनाहरु भइरहेको भन्दै उनीहरुले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले रुपा सुनार घटनाको निष्पक्ष छानविनको माग गरेका छन् भने शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले अख्तियार दुरुपयोग गरेको आरोप […]
नेपालमा आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भए

काठमाडौं । कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ । […]
पर्खाल दाङमा भत्किँदा तीन महिने शिशुको मृत्यु

काठमाडौं, २४ असार । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार चौधरीसहित उनकी नौ वर्षीया […]
दिप्रुङका २ वटा वडा बिभाजनको लागि मतदान सम्पन्न,टेम्माको पक्षमा १०० प्रतिशत मत

खोटाङ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा वडा बिभाजनको लागि मतदान सम्पन्न भए संगै टेम्माको पक्षमा १०० प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे र दिपुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा विभाजनका लागि गत असार १० गतेको गाउँसभामा पेश भएको प्रस्ताव अनुसार आइतबार मतदान सम्पन्न भएको पालिकाले जनाएको छ । गाउँसभाको कुल सदस्य […]
माधव नेपालले केपी ओलीसँग भेट्न मान्नु भएन -उपमहासचिव पौडेल

काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न रुचि नदेखाएको बताएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतवार बिहान नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुचि नदेखाएको नेता […]
मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता

मनसुनका २१ दिनः ३३ जनाको मृत्यु, ३० बेपत्ता काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । […]
संवैधानिक निकायमा २० पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारीहरू नियुक्तविरुद्ध रिट परेको छ । बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २० जना पदाधिकारीहरूको नियुक्तविरुद्ध रिट पेस गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने,’गत असार १० गते २० जनालाई विभिन्न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले […]
