Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेवारी प्रचलनमा कुःछी भ्वयः किन खाईन्छ, तथ्य यस्तो छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2021
393 shares

नेवारी विशेष भाेज कुःछी भ्वय

सृजना श्रेष्ठ , हिजो हिन्दूहरुको महान् चाड दसैँको पहिलो दिन घटस्थापना सबैजनाले घरघरमा जमरा छरेर मनाए । त्यसगरी वर्षमा एकपटक दसैँमा अष्टमीका दिन नेवार समुदायहरुले विशेष भोज कुःछी भ्वय खाने गर्छन् । वर्षमा चार रात्री सुत्न हुदैन भन्ने परम्परा भएको छ । ती रात्रीमा मोह रात्री (कृष्ण जन्माष्टमी), काल रात्री (दसैँको अष्टमी), नव रात्री (रावनवमी) र त्याग रात्री (शिव रात्री) पर्दछन् । त्यस मध्ये कुःछी भ्वय काल रात्रीमा खाने प्रचलन रहेको छ ।

कुःछी भ्वयमा १२ थरीका विभिन्न प्रकारका परिकारका साथ दुई माना चिउरा खाने गरिन्छ । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका सामाजिक अभियन्ता पञ्चकृष्ण दलि श्रेष्ठले जागराम बस्ने यो भोजको महत्वपूर्ण सम्बन्ध रहेको बताए । उनका अनुसार जागराम बस्न सजिलो होस् भनेर नै यो भोजका परिकार अरु बेला भन्दा धेरै र प्रक्रिया लामो बनाईएको हुन्छ । कुःछी भ्वयको साँस्कृतिक महत्वसँगै स्वास्थ्यको हिसाबले पनि वैज्ञानिक रहेको श्रेष्ठ बताउछन् । यस भोजको मुख्य परिकार अम्बा र केरा रहेको हुन्छ ।

भोजमा अम्बा, केरा, वः (बारा), अण्डा र चिउरा बाहेकका १२ थरी परिकार रहने र त्यस मध्ये अम्बा केराले पाचन प्रणालीमा फाइदा पु¥याउने उनि बताउछन् । केरा खाली पेटमा खान नहुने तर खाना पछि खाँदा पाचनशक्ति बढाउने बताए । खाना र मानिसले गर्ने काम एकअर्कामा पुरक हुनु पर्ने अभियन्ता श्रेष्ठ भन्छन्,“कुःछी भ्वयमा दुई माना चिउरा र अरु परिकार खाँदा कसैकसैले थप्ने पनि गर्छन्, मानिसले जति परिश्रम गर्छ त्यति खाना खानुपर्ने र यस भोजमा कसले कति खान्छ, कसले कतिको परिश्रम गर्छ भन्ने कुरा पनि अन्दाज हुन्छ ।”

सामाजिक अभियन्ता पञ्चकृष्णा दलि श्रेष्ठसँग भलाकुसारी गर्दै

मानिसको शरीरलाई आवश्यक भोजन, आवश्यक परिश्रम भएमा उसको आयु पनि बढ्ने किम्वदन्ति रहेको छ । पहिले पहिलेका मानिसहरु आशिर्वाद दिँदा तीन सय साठी वर्ष बाँचोस् भन्ने गरेको सामाजिक अभियान्ता श्रेष्ठले स्मरण गरे । श्रेष्ठ बताउछन् –दसैँ जस्तो पर्व मनाउनुपर्छ भनेर चलन चलाए, विभिन्न कहानी लेखे, यस्तो गुणकारी कुःछी भ्वयको आविष्कार गरे उनीहरु युगले सम्झन लायक रहेका छ । उनी थप्छन्,“हामीले नयाँ लुगा लगाएर मात्र हुँदैन, पुराना किताब नपढेँ त्यो नयाँ लुगाको कुनै अर्थ हुँदैन ।” मानिसको व्यक्तित्व उसको विचारले देखाउँछ उनको पहिरनले होइन उनको भनाई रहेको छ ।

जे-जे कारणले यो कुःछी भ्वयको चलन आएपनि हालसम्म यसको नेवारी समुदाय लगायत देशकै लागि एक महत्वपूर्ण साँस्कृतिक परम्परा भएको छ । पहिले देखि चलि आएको भनेर जुनै राम्रो नराम्रो पर्व वा अन्य चलनलाई शिरोधारण गर्नु भन्दा त्यस पछाडिको कारणलाई बुझि अहिले समयमा कति व्यवहारिक छ छैन हेक्का राखेर अगाडि बढे राम्रो हुने देखिन्छ ।nepalpage.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved