Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संसद् अवरोध हटाइदिन ओलीसँग देउवाको आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 29, 2021
129 shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् ।

देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा ‘सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको’ प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाएका छन् ।

‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलसँग सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्रिय राजनीतिका मुद्दामा एकसाथ अघि बढ्न चाहनुहुन्छ, त्यसकारण कानुनमन्त्रीज्यूलाई संवादका लागि पठाइएको हो,’ बालुवाटार उच्च स्रोतले भन्यो ।

ओलीसँगको भेटमा कानुनमन्त्री कार्कीले ‘सरकार र प्रतिपक्षीबीच दूरीको अवस्था रहिरहनु राम्रो नभएको र सरकार सम्बन्ध सुधार गरेर अघि बढ्न तयार रहेको’ ओलीलाई बताएका छन् ।

भेटक्रममा कार्कीले संसद्मासमेत लामो समयदेखि अवरोध हुँदा ‘अन्योल स्थिति बनेको’ भन्दै सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशलाई गति दिन सकिने जिकिर गरे । संसद्मा एमालेले गर्दै आइरहेको निरन्तर अवरोध हटाइदिनसमेत उनले आग्रह गरेका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले ‘सरकारले संसद् छलेर दल विभाजन गर्न अध्यादेश ल्याएको र संसद् चालू हुँदै गर्दा नै अध्यादेश खारेज गरेको’ भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारले एमाले फुटाउनकै लागि संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, अहिले फेरि संसद् जारी रहँदा नै खारेज ग¥यो,’ ओलीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै मन्त्री कार्कीलाई भने, ‘दुवै कुरा गैरकानुनी र असंवैधानिक छन् ।’

ओलीले पाँच दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको र त्यसलाई सच्याउने प्रतिबद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको सन्देश प्रधानमन्त्री देउवालाई सुनाइदिन भनेका छन् ।

सरकारले बजेटमा पनि ‘मनोमानी’ गरेको तथा एकपटक प्रतिपक्षसँग सल्लाहसमेत नगरेको भन्दै सरकारका कामप्रति ओलीले गुनासो गरेका छन् ।

ओली सचिवालयका अनुसार ‘सरकारको यस्तो गैरसंवैधानिक क्रियाकलापले सरकार र प्रतिपक्षबीच सम्बन्ध राम्रो बन्न नसक्ने’ जानकारी कार्कीमार्फत देउवालाई दिइएको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved