Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उनको दशैँ तिहारमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 23, 2021
372 shares

आकाश मगर ,उदयपुर गाइघाट

एक घुम्ती थियो जहा गएर भारि बिसाउने हामिले सल्लाहा गरेका थियौँ । अनभिज्ञ घुम्तीहरु पार गर्दै भुलभुलैया झै दोबाटोमा हामि अलमल्ल परिरह्यौँ । कदम लम्की सकेको थियो फर्केर पछाडि जाने कुनै सम्भावना थिएन , तर परिस्थीति जस्तै भए पनि स्विकार्दै हामिलाई आफ्नो लक्ष्यमा पुग्नु थियो हामिले पाइला लम्काइ रह्यौँ । बाटो भरि मानिसहरुका लामलस्कर कानमा जमरा सीउरेर निधारमा राटो टिका र कसैले सेतो टिका लगाएर मान्यजनको हातबाट आशिर्बाद थाप्न हिडेका थिए । बाटोमा पनी टीकाको रँगिचँगि देख्न सकिन्थ्यो, अनि म आफैले आफ्नो बाल्यकालको अतितलाई एक क्षण सम्झन पुगेँ ।Open Photo

मलाई आशिर्बादको मोह थिएन तर साथि भाई भेट हुँदा कति पैसा कमाइस भन्दै दश रुपैया र पाँच रुपैयाको खुजुरा पैसा गन्न हामी मग्न हुन्थ्यौँ, ठुलाबडाले माया गरेर दिनु भएको पैसालाई कमाई सम्झन्थ्यौँ, अनि हाम्रो यहि शुभेक्षा हून्थ्यो कि दशै चाडै आओस हाम्रो रीत्तीएको खल्तहिरु पैसाले भरियोस ।

जुन दिन दशै भित्र लुकेको तितो अनि मननै अमिलो हुने यथार्थ बुझेँ, र कम्युनिष्ट बिचारले एक रात मेरो मनसपटलमा बास ग¥यो त्यहि दिन देखि मैले यो दशै भित्रको वास्तकि दशालाइ म भित्रबाट पाखा लगाइसकेको थिएँ । हामि त्यो पहाडि भेगको एक शुन्दर बस्तीलाई केहि कदम छोडेर पर पुग्दा जँगलको बिचमा ठीङ्ग उभिएको एक झुपडिले हामिलाई गिज्याउदै स्वागतको निमन्त्रणा दिइ रहेको थियो ।

 

एक आधा उमेर पार गरिसकेको महिला आँगनको एक कुनामा दाउरा चिर्दै बसिरहेकि थिइन, अर्को कुनामा च्यातिएको बस्त्र पहिरिएका दुई बृदहरु जसका कपालहरु हाडे बदामझै सेतै फुलेका थिए बाँकि रहेका तिन चार ओटा दाँत खिसिक्क देखाएर हास्दै सिकुवामा गुन्द्री ओछ्याएर स्वागत गरे । दशैको कुनै रौनक झल्कीएको थिएन त्यो घरमा, नत जमरा, नत टिका नै थियो, मैले अफसोस प्वाक्क सोधिहाँले आज त हिन्दु धर्मलम्बीहरुको चाड साहितमा टिका लगाउनु भएनकि क्याहो ? परिचय चिनजान केहि भएकै थिएन परन्तु स्वागतको ठाउमा एक प्रश्नबाट चिनजानको प्रारम्भ भयो। बृद्ध आमै बुनिरहेको नाम्लो त्यतिकै रोकिन, र बृद्धबा चस्मा लिाउदै चोयाले बुन्दै गरेको डोकोलाई थन्क्याएर आफ्नो बिचार राख्न थाल्छ ।

यो घरले बिजय पाएको छैन बाबु, हाम्रो एउटै मात्र छोरा जनताको राज्य ल्याउछु भनेर घर छोडेर निस्केका थिए ,सामन्तीको किल्ला तोडेर जनबादि राज्यको स्थापना गर्न , जातजाति बिचको असमानता तोडेर जनताले देखेको राज्य स्थापित गर्छु भनि घर छाडेको आज २० बर्ष भयो । हाम्रो नजर हाम्रो छोराको बाटो हेरीरहेको छ कि उसले बोकेर आउने मायाको शौगातहरुमा गरिब जनताले देखेका सपनाहर पनि लिएर आउनेछ , उसले बाड्ने उपहारहरुमा समानता, स्वाधिनता र अनगिन्ती उपहारहरु लिएर आउनेछ । हामि त्यो दिन खुशियालि मनाउनेछौँ जुन दिन मधेशिहरुले छातिमा हात राखेर म नेपालि हुँ भनि गर्व गर्छन , जुन दिन शोषणमा परेका , दलित बनाईएका , अल्पसँख्यक , जनजातिहरुले आफु नेपालि हु भनेर गर्छन , बिदेश पलायन भएका दक्ष युवा जनशक्ती आफ्नै भुमिमा परीश्रम गर्दै आफ्नो परिवार सँग हास्दै बस्छन, तब हाम्रो आँगनमा ओइलिएको फुल फुल्नेछ ।

प्रश्न तेर्साउदै घरको सबै भन्दा सानो बालकले सोधे अँकल देशमा गणतन्त्र आयो त ? जनता स्वतन्त्र सँग जिउने अधिकार आयो त ? जातिय बिभेदको अन्त्य भयो त ? भाबुक हुदै उसले कुरा थपे न्यायको सीँहासन ढलेको छ , यहा छोरी चेलि बलत्कृ हुदा चस्मा लगाउने प्रसाषणको पो उदय भए छ । हामि सबै जना ती आवाजहरु सुनिरह्यौँ अनि मैले भने एक दिन केवल एक दिन , निभेको न्यायको दिप फेरि प्रज्वलित हुनेछ, अन्यायको जुवा अवश्य भाचिनेछ , मानिसहरुले प्रेमको फुल फुलाउनेछन तर मलाई थाहा छैन कहिले आउछ त्यो दिन । हामिलाई दुइ घान भुटेको मकै भटमास र कोदोको छीप्पीएको जाँडले स्वागत भए पछि फर्कदा पस्ने आस्वसन दिएर बाटो लाग्यौँ ।

कम्युनिष्ट सरकार र सासण पद्धतिको बिकाशमा बहुमत जुटाएर गणतन्त्रलाई सस्थागत र स्थाइत्व बनाउने भिजनको साथ अघि बढेको सरकार , अझ पनि जनताको सेवा गर्छु भनेर जनता बाट भोट कुम्ल्याउनेहरु श्री ५ को अन्त्य भए पनि श्री ६ को नयाँ युग पो आएको होकिझै लाग्छ । नेपालि जनताले सोचेका थिए कि श्री ५ निरँकुश भयो, तानाशाहि भयो, जनताको अधिकारलाई कुण्ठीट ग¥यो अनि बिकल्पमा जनता नेताको पछि लाग्न थाले ।

जनताले गरेको भरोसा अब पुर्णरुपमा क्षदबिक्षेद भै सकेकोछ , किनभने नारायणहिटिमा खालि गरेको शिँहासन शितलनिवासको राष्टपति भबनमा बिराजमान भएकोछ भने अर्को अधिकारको राजडण्द बालुवाटारको प्रधान मन्त्रि निवासमा उभिएकोछ । बिचित्र लागेको कुरा देशको प्रमुख अभिभावक रहेका राष्टपतिले आफ्नी आमालाई बृदाआश्रममा राखेर आफु राष्ट प्रमुख भएर राजाले रैतिलाई टिका लगाई दिएको तस्बिरले परिबर्तन चाहाने कम्युनिष्टहरुको आस्थामा अवश्य घात गरेको छ । एकातिर कम्युनिष्टहरु नास्तीक हुन भन्दै जनताको आँखामा छारो हान्ने भैरहेकोछ ।

एक हप्ताको घुमाई पछि फर्किदा हामि त्यहि घरमा बस्न भनि आयौँ , साझ झमक्क परिसकेको थियो कुखुरा हाँस बास बस्न लागेका थिए, चराचुरुङ्गी चिरबिराउदै गुड तिर उड्दै थिए । पल्लो पाखा खेतमा सुनझै धान लहलह पाकिरहेको थीयो, पाखा भित्तामा कोदोको बालाहरु हल्ली रहेको थियो । घरकि बृदआमा आँगनमा बसेर फुलमाला उनिरहेकि थिईन, मैले हटाठ सोधिहाले तिहार आँगनमा आई सक्यो , भाई टिकाको लागि माला बुन्दै हुनुहुन्छ कि क्याहो आमै ? जवाफमा बृदबाले भने न्यायलाई श्रद्धाञ्जलि दिएर उसको नाममा पुष्प अर्पण गर्नुछ , आफुले टेक्दै गरेको लहुरो देखाउदै भन्यो न्याय अब बृद भएको छ उसलाई यो लौरोको साहारा चाहिएकोछ , यसेले म शौगात दिन लागिरहेको छु ।

मैले भने न्याय जिबित छ बा न्याय सीथिल भएको छैन बगेको हाम्रो आशुको मुल्याङ्कन गर्न एक दिन हामिले सोचेको भन्दा असिम न्याय र शान्ति लिएर एक देश भक्ती उदाउनेछ, जसले स्वाभिमानको रक्षा गर्नेछ , जसले नेपालिपन जोगाएर राख्नेछ । बृदबाले भने जुनै जोगि आए पनि कानै चिरुवा हो , न्याय मरेकोछ बाबु देशमा यसैले यो तिहारमा म न्यायलाई श्रद्धाञ्जलि दिदैछु , जब सम्म जनयुग्दमा ज्यान गुमाएको सत्र हजार नेपाल देशको छोराछोरिको सम्मान हुदैन तिन करोड नेपालिले देखेको नेपाल बन्दैन त्यो दिन सम्म उसको उमङ्गहरुमा श्रद्धाञ्जलि दिइ रहनेछु । म अवाक बने र केवल सुनिरहेँ ति बृदहरुको तितो यथार्थ अनि सोचेँ के पुरा होला त उनको सपना ?

खोक्दै ति आमैले भनिन जुन दिन गरिबहरु, टुहुरा अनाथहरु, घाईते अपाँगहरुको मुहारमा खुसि छाउला,बलत्कृत निर्मलाहरु, भागिरथिहरुले न्याय पाउला,हाम्रा नातिनिहरु बिना डर स्वतन्त्र बाच्न पाउला अनि नानि हामि सँगै रमाऔला यो दशैँमा, आखिर यहि स्वतन्त्रताको लागि त यो आन्दोलन जनयुग्द भएको थियो हैन र ? म जवाफ बिहिन भए, दिन भरको हिडाईले थाकेको थिए हाई काट्दै म बिस्तारै बिस्तारा तिर लागे, रात निकै छिप्पीसकेको थियो अनि पिँढिमा गुन्द्रिको ओछ्यानमा उनको कुरा सुन्दै निदाएँ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved