बैशाख २३, दिक्तेल ।
विद्युतको पोल छुदा करेन्ट लागेर खोटाङमा एक बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका लोकेन्द्र राईको १० वर्षिय छोरा तिहाङ राईको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्कीलाई उदृत गर्दै स्थानिय सम्वाददाता उमेश भुजेल ले बताए ।

माटी फुटेर तारले पोलमा छोएको अवस्थामा बालकले पोल छुदा उनको घट्नास्थमै मृत्यु भएको हो । मृत बालकको शवलाईअहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला मा काेराेना संक्रमितकाेसंख्या दिनानुदिन बढेसगै सर्बसाधरणमा त्रासकाे कारण केहिदिन अघिबाट जिल्ला अस्पताल लगायत सरकारि कार्यालयहरु काे सेवामा कटाैति गरिएकाे छ। साे कै कारण पनि धिद्दुत प्राधिकरणका कर्मचारि काे संख्या कमहुदा या अन्यकारणबस याे मर्मत हुन नसक्दा दुर्धटना भयाे भन्ने बारे स्पस्ट जानकि भने अाउन बाकि छ।









