Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, कर र आयात प्रक्रियामै शंका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2026
10K shares

काठमाडौं । राजधानीको मुटु भिमसेनस्थान–मरुटोल क्षेत्रमा सञ्चालन हुँदै आएको एक कपडा व्यवसायसँग सम्बन्धित विभिन्न प्रश्न र तथ्यहरु प्राप्त भएका छन्। मरुटाेलमा स्थानीय व्यवसायिक वृत्तमा शम्भु रायमाझीले रातिको समयमा सामान भित्र्याएर दिनभर बिक्री गर्ने गरेको प्रत्येक्ष फेला परेकाे छ। यस विषयमा हामीले गरेको स्थलगत अवलोकनका क्रममा त्यहाँ ठूलो परिमाणमा कपडा भण्डारण गरिएको गोदाम समेत फेला परेकाे छ।

बाहिरबाट सामान्य जस्तो देखिने उक्त कपडा पसल भित्र ठूलो गोदाम सञ्चालन भइरहेको देखिन्छ तर, त्यहाँ व्यवसायको स्पष्ट नाम वा साइनबोर्ड भने छैन। साथै, सम्बन्धित निकायमा उक्त व्यवसाय दर्ता भएको दावी रायमाझीले गरे पनि तथ्या प्रमाण भने उनले पेस गरेका छैनन्।

श्राेतका अनुसार निज कपडा व्यापारीले भारतीय बजारबाट कपडा ल्याएर यही स्थानबाट बिक्री वितरण हुने गरेको दाबी गरेको थियाे र हाम्राे टिमले प्रत्येक्ष फेला पारेका हाैँ।

यस व्यवसाय सञ्चालनमा संलग्न रहेको सिन्धुलीका शम्भु रायमाझी विगतमा काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा स्टल भाडामा लिएर साडी तथा कपडाको व्यापार गर्दै आएका थिए। केही समय व्यवसायबाट टाढा रहेपछि आर्थिक समस्यामा परेको भन्दै पुराना आपूर्तिकर्तासँग पुनः व्यापार सुरु गर्न सहयोग मागेको पाईएकाे छ।

साे एरियाका अन्य व्यापारि व्यवसायीहरूले सम्बन्धित निकायले यस व्यवसायको वैधानिक अवस्था, कर तथा राजस्व दायित्व, आयात प्रक्रिया र व्यवसाय दर्तासम्बन्धी पक्षमा आवश्यक छानबिन गर्नुपर्ने माग गरेका छन्। यदि व्यवसाय दर्ताबिनै वा कर तथा भन्सारसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी ठूलो परिमाणमा कारोबार भइरहेको पुष्टि भएमा त्यसले राज्यको राजस्व संकलन प्रणालीमा गम्भीर असर पार्न सक्ने उनीहरूको भनाइ छ।

राजधानीमा यस्ता प्रकृतिका दर्ताविहीन वा अनुगमनबाहिर रहेका व्यवसाय सञ्चालन भइरहेका छन् भने त्यसबाट राज्यले दैनिक रूपमा ठूलो परिमाणमा राजस्व गुमाइरहेको हुन सक्ने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्। कर छली, व्यवसाय दर्ताको अभाव तथा आयात–वितरण प्रक्रियामा हुने अनियमितताले सरकारको आम्दानीमा प्रत्यक्ष असर पर्ने भएकाले यस्ता गतिविधिमाथि नियमित बजार अनुगमन र प्रभावकारी नियमन आवश्यक रहेको विज्ञहरू बताउँछन्।

व्यवसाय दर्ता, कर प्रशासन र बजार अनुगमनका लागि जिम्मेवार निकायहरूले समयमै निगरानी नगर्दा अवैध कारोबार गर्ने समूहहरू उत्साहित हुने जोखिम पनि बढ्दै गएको देखिन्छ। त्यसैले भिमसेनस्थान–मरुटोल क्षेत्र मात्र होइन, राजधानीका अन्य स्थानमा पनि यस्ता प्रकृतिका गोदाम तथा व्यवसाय सञ्चालन भइरहेका छन् वा छैनन् भन्ने विषयमा सम्बन्धित निकायले तथ्यपरक छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्त...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved