Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी अवाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 10, 2026
38.9K shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा माननीय डा. गंगा लक्ष्मी अवालले संवैधानिक निकाय वा अन्य सार्वजनिक पदमा नियुक्ति हुँदा कर्मचारीले लामो समय सेवा गरेर आर्जन गरेको पेन्सन रोक्ने व्यवस्था सामाजिक सुरक्षा र सामाजिक न्यायको मर्मविपरीत हुने धारणा राख्नुभएको छ।

बैठकमा आफ्नो धारणा राख्दै उहाँले कर्मचारीले सेवा अवधिभरको योगदान र नियमअनुसार प्राप्त गरेको पेन्सनलाई नियुक्तिपछि रोक्नु नागरिकले आर्जन गरेको अधिकारमाथि हस्तक्षेप हुने बताउनुभयो। उहाँले राज्यले कर्मचारीको सेवासँग जोडिएका अधिकार र सामाजिक सुरक्षाका विषयमा संवेदनशील भएर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

डा. अवालले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको पेन्सन रोक्नेभन्दा त्यस्ता नियुक्तिमा पारदर्शिता, निष्पक्षता र स्वार्थको द्वन्द्व नियन्त्रण गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले सार्वजनिक पदमा नियुक्तिसँग सम्बन्धित विषयलाई व्यवस्थित गर्न उपयुक्त कानुनी तथा प्रशासनिक नियमन आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसका लागि नागरिकले लामो समयको सेवा र योगदानबाट प्राप्त गरेको अधिकार खोस्नेभन्दा स्पष्ट ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने उहाँको धारणा थियो। निश्चित अवधिसम्म सम्बन्धित पद वा जिम्मेवारीमा नियुक्त हुन नपाउने गरी कुलिङ पिरियड तोक्दा हितको द्वन्द्व नियन्त्रण गर्न सकिने र कर्मचारीको आर्जित सामाजिक सुरक्षा अधिकारसमेत सुरक्षित रहने उहाँले बताउनुभयो।

सदनको ध्यानाकर्षण गराउँदै डा. अवालले सार्वजनिक पदमा नियुक्ति र कर्मचारीको पेन्सनसम्बन्धी व्यवस्थालाई सामाजिक सुरक्षा, सामाजिक न्याय तथा नागरिकको आर्जित अधिकारसँग जोडेर पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले अधिकार कटौती गर्नेभन्दा स्पष्ट, न्यायसंगत र व्यवहारिक नियमनमार्फत सार्वजनिक प्रशासनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्त...

  • August 10, 2026

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved