काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् ।देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे ।

ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । अहिले काँग्रेसको उद्देश्य नै ओलीलाई विफल गर्ने रहेको उनको भनाइ छ ।
महतका अनुसार प्रधानमन्त्री ओलीले लोकतन्त्र र वर्तमान व्यवस्थाप्रति छु भने पनि सोही अनुसार व्यवहारमा पनि आउन काँग्रेस नेताहरुले सुझाएका थिए । लोकतन्त्र र लोकतान्त्रिक संस्था मजबुत पार्ने कुरामा काँग्रेस सधैं तयार रहेको कुरा ओलीको टोलीसँग राखेको छ ।










