Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संशोधित बजेटले २४ उद्योग मर्कामा ६ उद्योगलाई फाइदा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 14, 2021
93 shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सार्वजनिक गरेको संशोधित नयाँ बजेटमा सम्बन्धित सरोकारवाला एवं निजी क्षेत्रका विभिन्न संघ संस्थाले मिश्रित प्रतिक्रिया दिएका छन् ।

उनीहरूले नयाँ बजेटका बारेमा आआफ्ना धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका हुन् । केही सरोकारवालाका अनुसार सरकारले ल्याएको संशोधित नयाँ बजेटले अब नेपालमा स्वदेशी वस्तु उत्पादनमूलक उद्योगको जग बसाउने लक्ष्य लिएको छ ।

यस बजेटमार्फत सरकारले बर्सेनि ठूलो परिमाणमा आयात हुने सवारीसाधान र एमएस बिलेटको आयात कम गरी व्यापार घाटा न्यूनीकरण गर्ने र उत्पादनमूलक नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

यसैगरी, नयाँ बजेटमार्फत सरकारले मोटरसाइकल आयातमा कडाइ गर्ने उद्देश्यका साथ अन्तःशुल्क १० प्रतिशतदेखि २० प्रतिशतसम्म बढाएको छ । पहिला ४० प्रतिशत लाग्दै आएको १२५ सीसीदेखि १५५ सीसीसम्मका मोटरसाइकलको अन्तःशुल्क अब ५० प्रतिशत भएको छ ।

यस्तै, २०० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल आयातमा पहिलाको ५० प्रतिशतबाट बढाएर अन्तःशुल्क ६० प्रतिशत बनाइएको छ ।

त्यसैगरी, सरकारले ५०० सीसीदेखि ८०० सीसीसम्मका मोटरसाइकलको अन्तःशुल्क २० प्रतिशतले बढाइएको छ । बजेटमार्फत सरकारले गरेको यस्तो व्यवस्थाले अब नेपालमै मोटरसाइकल तथा अन्य सवारीसाधन एसेम्बिङ प्लान्ट राख्न प्रोत्साहन गर्ने नीति लिएको सम्बन्धित सरकारी अधिकारीको भनाइ छ ।

यद्यपि, तत्काल नेपालमा एसेम्बिङ गरी मोटरसाइकल उत्पादन सम्भव नभएको, नेपालमा एसेम्बल गरी उत्पादन भइरहेका मोटरसाइकलले माग धान्न नसक्ने अवस्था रहेकोजस्ता कारणले तत्कालका लागि उपभोक्ता महँगोमा बाइकल तथा स्कुटर खरिद गर्न बाध्य हुने देखिएको उनीहरूको भनाइ छ ।

नयाँ बजेटमार्फत सरकारले विभिन्न मुलुकबाट आयात हुने मोटरसाइकलमा अन्तःशुल्क बढाएको छ भने नेपालमा एसेम्बल गरी मोटरसाइकल उत्पादन गरी बिक्री गर्दा ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था पनि गरिएको छ ।

एकातिर आयातमा अन्तःशुल्क बढाउने र अर्कोतिर नेपालमै एसेम्बल गरी उत्पादन गरिएका सवारीसाधनमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्थाले आयात निरुत्साहित हुने र नेपालमा एसेम्बल प्लाण्ट राख्ने लहर चल्ने सरकारी अधिकारीको भनाइ छ ।

उनीहरूले मोटरसाइलक र स्कुटर मात्र नभएर चारपांग्रे सवारीसाधन एसेम्बिङ गर्ने स्वदेशी उद्योग सञ्चालन हुन केही समय लाग्ने भएकाले सुरुका एक–दुई वर्ष उपभोक्ताले महँगोमा खरिद गर्नुपरे पनि स्वदेशमै पाउन थालेपछि बिस्तारै सस्तो हुने बताएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved