काठमाडौं, २२ वैशाख । विमा कम्पनिले विमा दाबी भूक्तानी दिएन भने नियामक निकायले कारबाही गर्नुपर्ने हो । तर,
निकायमा जाँदा पनि सुनुवाई नहुनेभएपछि एक सर्वसाधरणले बिमा कम्पनिको कार्यालयमै ताला लगाइदिएका छन् ।

सगरमाथा ईन्स्योरेन्सको कार्यालयमा एक पीडितले ताला लगाइदिएको फेला परेको छ । एक वर्षदेखि दुर्घटनामा परेको मोटरसाइकलको विमा नदिएपछि सगरमाथा ईन्स्योरेन्सको कार्यालयमा तालाबन्दी गरिएको हो । 
बिरोचन सिलवालले २०७६ साल भदौ ५ गते दुर्घटनामा परेको आफ्नो मोटरसाइकलको बिमा दाबी गत वैशाख १४ सम्म पनि भूक्तानी नदिएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनले न्यायको लागि रकम भुक्तानी नहुन्जेलसम्म तालाबन्दी गरेको भन्दै सुचना नै टाँसेका छन् ।

photo by:Diyopost









