Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संखुवासभा सामूहिक हत्या : झारफुक गर्न बोलाएका थिए, हत्या पो भइसकेछ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021
222 shares

वडामै रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी पुग्न दुई घण्टा लाग्थ्यो । अहिले गाउँमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाको सिंगो टोली छ ।

तर सामूहिक हत्यामा संलग्न भएकाहरुको पत्ता नलागेकाले त्रासमा दिन कट्नु परेको स्थानीयबासी बताउँछन् । ‘अहिले पनि हात, खुट्टा कामिरहेको छ,’ घटनास्थल नजिकै भेटिएका स्थानीय नन्दकुमार कार्की भन्छन्, ‘मेरो छोरीसँग दुई जना बच्चाहरु पढ्थे, उनीहरुको हत्या भएको सुन्दा पत्याउनै सकिरहेको छैन ।’

उनका अनुसार मानिसहरु घाँस काट्न जान समेत डराउँछन् । ‘प्रहरी चौकी नजिकमा छैन, गाउँमा प्रहरी राखिदिए हुन्थ्यो’ उनी भन्छन्, ‘चाँडोभन्दा चाँडो अपराधीलाई कठघारामा खडा नगरिए हामी बाँच्नै गाह्रो छ ।’

‘एकैछिनमा भद्रगोल भएछ’

सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्‍यो ।’

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बेहोस् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ ।

‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मारेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’

स्थानीयको आशंका – घटनामा पेशेवर अपराधी

छिमेकी रणबहादुर कार्कीका अनुसार ठूलो छोरा बिहान साढे ८ बजेतिर सडक छेउमा शव देखेको भन्दै डराउँदै आए । त्यसपछि रणबहादुरसहित अन्य व्यक्ति गएर हेर्दा सडक छेउमा घोप्टो परेको अवस्थामा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटियो ।

‘छोराले बढाबाउ भन्दै छुन खौज्दै थियो । मेले रोकेर वडाध्यक्ष र मेयरलाई खबर गरेँ’ उनी भन्छन् । कार्की परिवारको घरतिर जाँदै गर्दा खोल्सीमा बुहारी ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव देखेको उनी बताउँछन् ।

घरमा हेर्दा पार्वतीको शव खाटमै सिरक ओडेर लडिरहेको अवस्थामा देखेको रणबहादुरले सुनाए । ‘दुई जना बच्चा पनि थिए । उनीहरु कता होलान् भनेर खोज्दै जाँदा घरमाथि खरबारी छेउमा शव भेटियो,’ उनी भन्छन् । खराबरमिा भेटिएको शव तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको थियो ।

छिमेकी नन्दकुमार घटनामा एकजनाको संलग्नता हुनै नसक्ने दाबी गर्छन् । ‘यो त परिवारै सिध्याएको घटना हो अझ खेदाउँदै मारेको घटना कसरी एक्लै सम्भव होला र ?’

सबै मृतकको टाउको पछाडि मात्र चोट भएकाले व्यवसायिक व्यक्तिको घटनामा संलग्नता हुनसक्ने स्थानीय ज्ञानबहादुर कार्की पनि अनुमान गर्छन् ।

बुढेसकालमा वृद्ध एक्लै

यो परिवारका ९१ वर्षीय बृद्ध बौद्धमान सकुशल छन्, जोन कान कम सुन्छन्, राम्ररी आँखा देख्दैनन् । उनी बेलुकी ६ बजेतिर खाना खाएर दलानमा सुतेका थिए । छेवैमा श्रीमती सुत्ने खाट थियो, उनको त्यही हत्या हुँदा पनि बौद्धमानले पत्तै पाएनन् ।

भन्छन्, ‘पहिले पनि बुढी वेला वेला सुतेको वेला मरेजस्तै हुन्थी, एकैछिनमा विउँझिएर खान खान्थी, घाँस काट्थी । त्यही सोचेँ, तर अर्कैको आँखा लागिसकेको रहेछ ।’

अहिले बेसाहारा भएका उनी ‘बरु मलाईलाई पनि मारिदिए हुन्थ्यो’ भन्दै भक्कानिने गरेका छन् । छिमेकी मदन घिसिङ भन्छन्, ‘एकदमै बेहोसी अवस्थामा हुनुहुन्छ ।’

घटनापछि बौद्धमानका एउटा नाती वैदेशिक रोजगारीाबाट घर फर्किएका छन् । ‘काठमाडौं आइपुगेको सुनेको छु, एक/दुई दिनमा आइपुग्छन् होला’ उनले भने ।

प्रहरी भन्छ – सबैको टाउकोमा गम्भीर चोट

अनुसन्धानमा खटिएका जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले मारिने सबैको टाउकोमा गम्भीर चोट देखिएको बताए ।

घटनास्थलको जाँच बुझका लागि बोलाइएका फरेन्सिक विज्ञले पनि धार नभएको हतियार प्रयोग गरेर टाउकोमा हिर्काइएको हुनसक्ने भनेका छन् । ‘अहिलेसम्म प्राप्त सूचनालाई विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘अनुसन्धानमा सहयोग केन्द्र, प्रदेश र संघीय प्रहरीको टोली पनि खटिएको छ, चाँडै नतिजा दिन्छौं ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved