Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मौकामा चौकाहान्दै एनआईसी एसिया बैंक ” बैंकले ग्राहक ठग्ने? “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2021
9 shares

वैशाख २२ , काठमाडौं ।

एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको प्रमाण शाहीत फेलापरेको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ ।

तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५.७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परेा ।’

कोरोनाको माहामारी मा कतिपय बैंकहरुले आधा दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।

बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको छ ।

अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन तर, महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ती ऋणी बताउँछन् ।

बैंक भन्छ

बैंकको विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको स्वीकार गरे । तर, कोरोना महामारीका कारण आफू अहिले बिदामा रहेको बताएका उनले थप कुरा भने गर्न मानेनन् ।

‘कुन ग्राहकको हो के हो ? म अहिले विदामा छु, पछि अफिस गएपछि मात्रै हेर्न सकिन्छ’ उनले जवाफ फर्काए ।

नेपाल राष्ट्र बैंकमा भने यसको गुनसो पुगिसकेको छैन । वाणिज्य बैंकले १६ प्रतिशतसम्म ब्याजदर लिनु अचाक्ली नै भएको उनले बताए ।

‘त्यत्रो अचाक्ली त नहुनु पर्ने हो, तर यत्तिकै अहिले बोल्न सक्ने कुरा भएन’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘पहिले के हो सत्यतथ्य कुरा हेर्नु पर्छ, हामीकहाँ उजुरी पर्‍यो भने हामी आवश्यक कारवाही अघि बढाइहाल्छौं ।’

पीडित भन्छन्- न्यायका लागि जहाँ सम्मपनी पुग्छौं

एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट मात्रै धेरै जना ऋणीलाई अति महँगो ब्याजदर लिने गरेको पाइएको छ । सम्पर्कमा आएका केहिले आफ्नो नाम खुलाउन चाहेका छैनन् ।

विराटनगर शाखाबाटै घर कर्जा लिएका दिनेश सुवेदीले भने आफूलाई बैंकले अन्याय गरेको बताए । उनलाई पनि बैंकले घर कर्जामा करिब १६ प्रतिशतसम्म ब्याजदर पुगेको भन्दै चिठी थमाएको छ । यो कुरो बाहिर आएपछि बैंकले ब्याजदर घटाउने आश्वासन समेत दिएको उनले बताए । तर, अहिलेसम्म कार्यान्वयन भने नभएको उनको गुनासो छ ।

‘म मात्रै होइन म जस्ता पीडित धेरै हुनुहुन्छ, मैले बोले पछि अरु धेरै जनाले बोल्छु भन्नु भएको छ’ सुवेदी भन्छन् ।

बैंकले अति नै अन्याय गरेको भन्दै उनले न्यायका लागि नेपाल राष्ट्र बैंकमात्रा हैन जहाँ सम्मपनी पुग्ने योजना बनाएको सुनाए । यस्तो महामारीका बेला पनि अत्यधिक चर्को ब्याजदर लिएर तनाव दिएको भन्दै उनले कारवाहीका लागि सरकारलाई गुहार्ने बताए । ‘हामी केही दिनमै राष्ट्र बैंकसँग मात्रै होइन, कारबाहीका लागि प्रधानमन्त्री कार्यालयसम्मै पुग्छौं, यो हाम्रो विवसता हो’रहर हैन उनले भने ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved