Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म्यान्मारः सैन्य सरकारद्वारा ‘बौद्धमार्गी बिन लादेन’ थुनामुक्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2021
504 shares

म्यान्मारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन विराडुलाई जेलमुक्त गरेको छ। उनी अतिराष्ट्रवादी र मुस्लिमविरोधी उग्र भाषणका कारण विवादित छन्।

उनलाई निर्वाचित सरकारविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो। गत वर्ष सैन्य कूबाट उक्त सरकार विस्थापित भइसकेको छ।

चर्को कुरा गर्ने यी भिक्षु सेनाको समर्थन गर्छन्।

मुस्लिम तथा विशेषगरी रोहिन्ज्या समुदायलाई लक्ष्य गरेर उग्र भाषण गर्ने भएकाले उनलाई “बौद्धमार्गी बिन लादेन” को सङ्ज्ञा दिइएको छ।

उनी सेनाको समर्थनमा आयोजित र्‍यालीहरूमा राष्ट्रवादी भाषण तथा नेत्री आङ सान सू ची तथा उनको दल न्याश्नल लीग फर डिमोक्रेसीले नेतृत्व गरेको सरकारको आलोचना गर्दै सहभागी हुने गर्थे।

आत्मसमर्पण
सन् २०१९ मा उनलाई नागरिक सरकारविरुद्ध “घृणा र द्वेष” फैलाएको अभियोग लगाइयो।

त्यसपछि भागेका विराडुले गत वर्ष नोभेम्बरमा उनले आत्मसमर्पण गरेका हुन्।

म्यान्मार कू: सेनालाई शक्तिशाली बनाउने रहस्यमय व्यापार साम्राज्य
रोहिन्ज्या शरणार्थी भन्छन्, ‘हामी फस्यौँ, यो खुला जेल हो’
उनी आफूविरुद्ध हालिएको मुद्दाको सुनुवाइ पर्खिरहेका थिए।

सैन्य सरकारले उनीविरुद्धका सबै अभियोग फिर्ता लिइएको सोमवार बताएको छ। तर त्यसबारे कुनै कारण उल्लेख गरिएको छैन।

सैन्य सरकारका अनुसार ती भिक्षुको एउटा सैनिक अस्पतालमा उपचार हुँदैछ। उनलाई के भएको हो भन्ने थाहा हुन सकेको छैन।

‘आतङ्कको प्रतीक?’
विराडुलाई म्यान्मारमा मुस्लिम र रोहिन्ज्या समुदायविरुद्ध हिंसा फैलाएको आरोप लागेको छ।

बौद्धमार्गीहरूलाई आफ्नै समुदायले चलाएको पसलमा किनमेल गर्न, समुदायभित्रै सम्पत्ति बेचबिखन गर्न र बिहेवारी गर्न आह्वान गर्दै सञ्चालित राष्ट्रवादी “९६९ अभियान” का उनी एक प्रमुख व्यक्तित्व थिए।

चर्चाको शिखरमा हुँदा दशौँ हजार मानिसले उनको धार्मिक प्रवचन सामाजिक सञ्जालमा सुन्थे। उनी सहभागी र्‍यालीमा पनि ठूलो सङ्ख्यामा मानिसहरू जान्थे।

रखाइन प्रान्तमा मुस्लिम र बौद्ध समुदायबीच हिंसा फैलिएको बेला उनले सन् २०१२ मा गरेको भाषणले विराडु चर्चित हुन पुगे।

को हुन् म्यान्मारका ‘बौद्धमार्गी बिन लादेन’
‘म्यान्मार नरसंहारमा सैन्य अधिकारीलाई मुद्दा’
त्यसको अर्को वर्ष टाइम म्यागजीनले आफ्नो मुखपृष्ठमा उनको तस्बिर “द फेस अफ बुद्धिस्ट टेरर?” भन्ने शीर्षकसहित प्रकाशित गर्‍यो। अर्थात् के उनी आतङ्कको प्रतीक हुन् भनेर प्रश्न गर्‍यो।

बौद्धमार्गीहरूको सर्वोच्च निकायले सन् २०१७ मा उनलाई एक वर्षका लागि प्रवचन गर्न प्रतिबन्ध लगायो।

सन् २०१८ मा फेसबुकले अभद्र र घृणामूलक भाषाका लागि उनको पेज मेटिदियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved