Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वकप छनोटः ब्रजिल र आर्जेन्टिनाबीचको खेल सुरु भएको पाँच मिनेटपछि स्थगित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
42 shares

ब्रजिल र आर्जेन्टिनाबीच विश्वकप छनोट फुटबल खेल सुरु भएको केही मिनेटपछि स्थगित भएको छ।

ब्रजिली स्वास्थ्य अधिकारीहरूले आर्जेन्टिनाका तीन खेलाडीले कोभिडसम्बन्धी क्वारन्टीनको नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि नेपाली समयानुसार सोमवार बिहानको खेल रोकिएको थियो।

अधिकारीहरू खेल रोक्न आएपछि आर्जेन्टिनाको टोली मैदानबाट बाहिरिएको थियो।

खेलमा यो नाटकीय क्षण आउनु केही घण्टाअगाडि नै ब्रजिली अधिकारीहरूले इङ्ग्ल्यान्डमा खेल्ने चार खेलाडीले क्वारन्टीनमा बस्नुपर्ने बताएका थिए।

ती चार खेलाडीको नाम सार्वजनिक गरिएको छैन। तर ईपीएलमा आर्जिन्टिनाका इमिलियानो बुएन्जा र इमिलियानो मार्टिनेज एस्टन भिलाबाट तथा योभानी लो सेल्सो र क्रिस्टियान रोमेरो टट्नम हटस्परबाट खेल्नछन्।

आर्जेन्टिनाविरुद्ध ब्रजिल: प्रतिस्पर्धाभन्दा माथि उठेको फुटबल
लियोनेल मेस्सी अब बार्सिलोना क्लबमा नरहने
बुएन्जाबाहेक अन्य तीन खेलाडीले ब्रजिलविरुद्धको खेल खेल्न मैदानमा ओर्लिएका थिए।

ब्रजिल र आर्जेन्टिनाको खेल अब कहिले हुने भनेर मिति तोकिएको छैन।

सुरुमा खेल रोकिएपछि आर्जेन्टिनाका खेलाडी मेस्सीले विवाद समाधान गर्ने प्रयास गरेका थिए
तस्बिरको क्याप्शन,
सुरुमा खेल रोकिएपछि आर्जेन्टिनाका खेलाडी मेस्सीले विवाद समाधान गर्ने प्रयास गरेका थिए

आर्जेन्टिनाले सेप्टेम्बर १० मा घरेलु मैदानमा बोलिभियासँग खेल्नेछ।

फिफाले खेल निलम्बित भएको पुष्टि गर्दै “थप जानकारी पछि दिने” बताएको छ।

खेल रोकिएको एक घण्टापछि ब्रजिली खेलाडीहरू मैदानमै अभ्यास गरिरहेको समयमा दक्षिण अमेरिकी फुटबल सङ्घले वक्तव्य जारी गर्दै भनेको छ: “म्याच रेफ्रीको निर्णयले ब्रजिल र आर्जेन्टिनाबीच फिफाले आयोजना गरेको विश्वकप छनोट खेल निलम्बित भएको छ।”

रोनाल्डो बने सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने फुटबल खेलाडी
मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई कोपा उपाधि
“रेफ्री र म्याच कमिशनरले फिफा अनुशासन समितिलाई आफ्नो प्रतिवेदन पेस गरेपछि थप कदमबारे निर्णय हुनेछ। यो प्रक्रिया अहिलेको नियमानुसार छ।”

ब्रजिली स्वास्थ्य नियमानुसार इङ्ग्ल्यान्डबाट ब्रजिल आउने व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्छ।

“हामीले सुरुदेखि भनेको कुरा पालना नगरिएकोले यो अवस्था आएको हो,” ब्रजिलका स्वास्थ्य निमायक संस्थाका निर्देशक एन्टोनियो बारा टोरेजले ब्रजिली टीभीलाई भने।

“[ती चार खेलाडीलाई] फर्किनका लागि कुर्दै एकान्तवास बस्न भनिएको थियो तर उनीहरूले मानेनन्। उनीहरू रङ्गशाला गए अनि मैदानमा छिरे, यो नियमको गम्भीर उलङ्घन हो।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved