Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारतविरुद्ध नेपालको सम्भावित ११

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021
39 shares

नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले अन्जन विष्टको गोलमा पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेलेको थियो । पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको नेपालले दोस्रो हाफमा भने भारतविरुद्ध सोहि लयलाई निरन्तरता दिन सकेन । भारतले दोस्रो हाफमा ४ खेलाडी परिवर्तन गर्दै खेलमा फर्किएको थियो ।

आज हुने खेलमा नेपालले आक्रमणमा परिवर्तन गर्ने बलियो सम्भावना छ । पहिलो खेलमा फरवार्ड नवयुग श्रेष्ठले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अन्जन विष्ट र आयुष घलानसँग मैदान उत्रिएका उनले पेनाल्टी क्षेत्रभित्र खासै दबाब दिन सकेनन् । उनले टोलीलाई आवश्यक पर्दा मिडफिल्डमा झरेर साथ दिएपनि आक्रामक भूमिकामा भने न्याय गर्न सकेनन् ।

आजको खेलमा नवयुगको स्थानमा आशिष लामा वा मनिष डाँगीले खेल्न सक्छन् । पहिलो खेलमा नवयुगको स्थानमा आएका मनिषले सन्तोषजनक प्रदर्शन मात्र गरे । अधिकांश समय विंगतर्फ मोडेका उनले सेन्टर फरवार्डमा खेल्न भने केहि कठिनाइ भएको देखिन्थ्यो । त्यसैले पनि आशिषले आज खेल्न सक्छन् । आशिषले यसअघि अलमुताइरीको प्रशिक्षणमा रहँदा सुरुवाती ११ मा पनि खेलिसकेका छन् । सुनिल बल पनि पहिलो रोजाइमा पर्ने प्रयासमा छन् ।

पछिल्लो खेलमा मिडफिल्डको प्रदर्शनलाई अलमुताइरीले प्रशंसा गरेका थिए । पुजनले रक्षात्मक भूमिका निर्वाह गर्दा तेजले बक्स टु बक्सको जिम्मेवारी निभाएका थिए । सुमनले आक्रामक मिडफिल्डमा खेलेका थिए । पुजन र तेजले आफ्नो स्थान राख्दा सुमनको भूमिकामा भने विशाल राई, कमल थापा र सुरज जिउ ठकुरीमा एकले खेल्न सक्छन् ।

डिफेन्समा नेपालले कुनै परिवर्तन गर्ने सम्भावना देखिदैन । अनन्त तामाङ र दीनेश राजवंशीको जोडीले राम्रो प्रदर्शन गर्दा सुमन अर्याल र गौतम श्रेष्ठ पनि विंगब्याकमा प्रभावशाली प्रदर्शन गर्न सफल रहेका थिए । डिफेन्डर राजन गुरुङ डेब्युको प्रतिक्षामा रहेकाले उनलाई अन्तर्राष्ट्रिय अनुभव दिन दोस्रो हाफमा अवसर पाउने सम्भावना रहन्छ ।

यता गोलरक्षकमा किरण चेम्जोङले नै निरन्तरता पाउन सक्छन् । आजको खेलमा मैदान उत्रिए किरण नेपालबाट सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् । उनले भारतविरुद्ध पहिलो खेलमा खेल्दै विराज महर्जनको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए । प्रशिक्षक अलमुताइरीले उनलाई आज पूरा समय भने नदिन सक्छन् । दोस्रो गोलरक्षकले पनि खेलको अनुभव बटुल्न पर्ने बताएका अलमुताइरीले आज दीप कार्की वा विशाल श्रेष्ठलाई अवसर दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved