Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल चीन सम्बन्ध: विशिष्ट इतिहास बोकेको कोदारी राजमार्गमा देखिएको सङ्कट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021
60 shares

पछिल्लो समय सिन्धुपाल्चोक आसपासका क्षेत्रहरू विभिन्न प्राकृतिक विपद्को शिकार भइरहँदा त्यसले नेपाल र चीन जोड्ने ऐतिहासिक अरनिको राजमार्गलाई सङ्कटमा पारिरहेको अधिकारीहरूले बताएका छन्।

उक्त राजमार्ग अन्तर्गत बाह्रबिसेभन्दा माथि चीनको सीमावर्ती क्षेत्रसम्म जोड्ने सडक खण्डको दीर्घकालीन पुनर्निर्माणको आवश्यकता विज्ञहरूले औँल्याएका छन्।

हाल नेपाल चीन मितेरी पुल नजिक रहेको लिपिङमा एउटा अर्को पुल नदी कटानका कारण क्षतिग्रस्त हुँदा भरियाहरूले सामान बोकेर सीमा वारपार गराउनुपर्ने अवस्था छ।

विक्रम संवत् २०७२ को भुँइचालो अघि नेपाल चीन व्यापारको केन्द्र रहेको उक्त क्षेत्र भूकम्पमा ठूलो धनजनको क्षति भएसँगै शिथिल बन्दै गएको बताइन्छ।

भूकम्पपछि तीन वर्ष बन्द भएको उक्त नाकाबाट पछिल्लो समयमा राजश्व सङ्कलनमा भारी गिरावट आएको अधिकारीहरू बताउँछन्।

सडकको ताजा अवस्था के छ?
डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले आपत्कालीन रूपमा काम गराएर लिपिङ पुल सञ्चालनमा ल्याउने प्रयास जारी राखेको बताए।

उनी भन्छन्, “सम्भवतः एक सातामा हामी उक्त पुललाई मर्मत गरेर एकतर्फी रूपमा सडक सञ्चालन हुने सक्ने अवस्थामा ल्याउन सक्छौँ । पुलको जगदेखि नै क्षति भएको छ। दुईतर्फी सडक सञ्चालन गर्न गर्ने गरी पुनर्निर्माण गर्न बर्खापछि मात्रै सकिन्छ।”

लिपिङ पुल
तस्बिर स्रोत,ROAD DIVISION CHARIKOT
लिपिङ पुलको सडक गएको असार १ गतेबाट नै अवरुद्ध रहेको छ।

यो बर्खामा कोदारी बजार नजिकै पनि खोलाले काटेर दुई ठाउँमा सडक बगाएका कारण करिब दुई साता सडक अवरुद्ध भएको थियो।

महतोले त्यहाँ पुनर्निर्माणको काम कठिन रहेको जानकारी दिए।

“अलिकति भित्तातिर च्याप्ने बित्तिकै घरहरू भत्कने अवस्था त्यहाँ छ। हामीले स्थानीय बासिन्दासँग छलफल गरेर बल्ल बल्ल बाटो खोल्यौँ। तर त्यो टिकाउ भएन। त्यसपछि हामीले फेरि बनाएर सञ्चालन गरिरहेका छौँ। त्यसपछि तीन वटा घर भत्किसक्यो र मानिसहरू आफ्ना घरमा बस्नै छाडिसके।”

उनले नदीमै सडकलाई सुरक्षा दिने संरचना बनाउनु आवश्यक रहेपनि पानीको सतह उच्च भएकाले नसकिएको उल्लेख गरे।

तातोपानी नाका खुलेपछि चिनियाँ सामान सस्तो होला त
देउवा सरकारको परराष्ट्रनीति कस्तो होला, प्राथमिकतामा के पर्ला
२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि जुरेमा गएको पहिरोपछि उक्त सडक खण्डको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारलाई दिइएको छ।

पोहोर सालको असारमा एकै पटक उक्त सडक खण्डमा भीषण वर्षापछि १७/१८ ठाउँमा सडक बगाएको थियो।

त्यसबेला सडक कार्यालय चरिकोटले पुनर्निर्माणका लागि करिब १ अर्ब ७५ करोड रूपियाँ लाग्ने लागत पठाएको भएपनि सरकारले नेपाल र चीन दुवै पक्षले मिलेर सडक बनाउने निर्णय लिएको महतो बताउँछन्।

सडक
तस्बिर स्रोत,ROAD DIVISION CHARIKOT
चिनियाँ पक्षले प्रक्रिया पूरा गरेर यसपालि चैत वैशाख महिनामा बल्ल काम सुरु गरेकाले पनि राम्रोसँग मर्मत हुन नपाएको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved