Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काेभिड १९ शिक्षा प्रणालिलाई बदल्ने मुख्य बिकल्प हाे, डा : सुरेन्द्र सिटौला ” अध्यक्ष, बागमति कलेज “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
54 shares

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित फेस टु फेस पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित नै छ। कोरोना भाइरसको संक्रमण दर सुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भइ लामो समयसम्म लकडाउन रह्यो अब विस्तारै मनस्लु कलेजले सामान्य अवस्थामा पनि हामी अब अनलाइन क्लास दिने तयारी गरेको छौ ।No description available.

विस्तारै संक्रमणको दर कम हुँदै जाँदा विद्यालय, क्याम्पस पुनः संञ्चालन हुने ठूलो आशा र भरोसा जागेको थियो र कोरोना भाइरस रोगसँगको भय, डर र त्रास पनि कम हुँदै गएको थियो। लामो समयसम्म रहेको लकडाउन पनि खुकुलो हुँदै जान थाल्यो। जब लकडाउन खुकुलो हुँदै गयो, तब पुनः कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थाल्यो।

यस्तो समय परिस्थितिमा विद्यालय, क्याम्पस लगायतका शिक्षण सिकाइ हुने स्थानमा नियमित पठन पाठन नभएसम्म आ आफ्नो स्थान परिवेश अनुकूल सिक्ने र सिकाउने वातावरण सिर्जना गरी अनलाइन भर्चुअल कक्षा सञ्चालन गर्नु आजको नितान्त आवश्यकता हुन गएको छ। यदि इन्टरनेटको माध्यद्वारा टेलिभिजन, ल्यापटप, मोबाइल लगायतको उपकरणबाट लिने कक्षा अनलाइनरभर्चुअल कक्षा हो। अनलाइन भर्चुअल कक्षामा एउटै समयमा दुई किसिमको ज्ञानको विकास हुन्छ।

एउटा विषयवस्तु र अर्को सूचना प्रविधिसँग सम्बन्धित ज्ञानमा अभिवृद्धि हुन्छ र विद्यार्थीहरु विद्युतीय सेवासँग परिचित भएपछि दैनिक जीवनमा आइपर्ने समयमा समाधान गर्न सकिन्छ। जस्तैः घरबाट नै ई सेवा मार्फत बिजुली बिल तिर्न, बैँकिङ सेवा लिने, अनलाइन भर्ना, अनलाइन क्लास, अनलाइन मार्केटिङ र अनलाइन अन्य कार्यहरु गर्न सक्छन्। अनलाइन क्लासले स्वअध्ययन अवधारणा सिकाउँछ। यसमा शिक्षक, सहजकर्ता, प्रशिक्षकले सामग्रीहरु खोजेर आफैँ अध्ययन गरेर सिकाउनु पर्ने हुन्छ।

किनकी अनलाइन क्लासमा अभिभावक लगायत सबैले हेरिरहेको हुन्छ। ह्वाइट बोर्डमा पढ्ने चलनलाई छाडेर कोरोनाको कारणले गर्दा विद्यार्थी टिभी, मोबाइल र ल्यापटप लगायत प्रविधियुक्त सामग्रीमा पढ्ने वातावरणको सिर्जना गरिदियो। विकसित मूलुकहरुमा पहिलादेखि अनलाइन भर्चुअल कक्षा स्थान लिएको थियो र हाम्रो मूलुकमा पनि विस्तारै जाने क्रम चलेको थियो। तर कोरोना भाइरस कोभिड १९ को कारण ह्वात्तै प्रविधिसँग जोड्न बाध्य बनायो। त्यसैले अब सबै किसिमको नेगेटिभिसमलाई छाडेर पोजिटिभिसम सोचाइका साथ अनलाइन भर्चुअल कक्षामा जोड दिनु आजको आवश्यकता हुन गएको छ।

अनलाइन भर्चुअल कक्षाको लागि अभिभावकले राम्ररी व्यवस्थापन गरिदिन सहयोग गर्नु पर्दछ। किनकी आजको बालबालिकाहरुमा अभिभावक सहयोग, प्रोत्साहन, अनुगमन र नियमित सुपरीवेक्षण गरेमा हाम्रो बच्चा राम्रो तरिकाले सिक्न सक्छन् र गर्न सक्छन्। पहिला कक्षा कोठाको अनुशासन मेनटेन गर्न नो मोबाइल भनि सिकाइन्थ्यो। तर कोरोना कालको परिस्थितिले गर्दा आज सिक्न र जान्नको लागि एस मोबाइल तथा समयानुकूल प्रविधिसँग जोड्न सिकाइन्छ।No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनलाइन भर्चुअल कक्षामा रेकडिङ्ग गरेका डकुमेन्टलाई दोहराएर वा सोभन्दा बढी हेर्न सकिने भएकोले सिकाइ भरपर्दो तथा गुणस्तरीय हुन जान्छ। शिक्षकले बढीभन्दा बढी तयारि गरेर समाग्री सहितको कक्षा सञ्चालन गर्दा भर्चुअल कक्षा प्रभावकारी हुन जान्छ र आवश्यकता अनुसार २४ घण्टै अनलाइन तथा भर्चुअल कक्षाद्वरा सिकाइ गर्न सकिन्छ। त्यसैले अहिलेको कोरोनाको संक्रमण दर बढ्दै गइरह्यो भने अनलाइन भर्चुअलको माध्यमद्वारा विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा, मूल्याकंन लगायत सम्पूर्ण कार्य गर्नु पर्ने हुन जान्छ।

शिक्षकहरुलाई दूर शिक्षा सामाजिक सञ्जाल, इन्टरनेट, मोबाइल एप्स, रेडियो, टेलिभिजन आदि को माध्यमबाट विद्यार्थीहरुलाई सहयोग गर्न विषेयगत अभिमुखीकरण वा तालिम दिइ सक्षम बनाइ सूचना तथा संचार प्रविधि आइसिटी मैत्री हुन सक्नु पर्दछ। इन्टरनेटको पहुँच नभएको स्थानहरुको हकमा रेडियो, टेलिभिजन, मोबाइल एप्स तथा सामाजिक सञ्जालको प्रयोग शिक्षण सिकाइ सम्बन्धित रहेर गर्नु र गराउनुमा सबै पक्ष महत्त्वपूर्ण भूमिका हुन गएको छ।

बन्दाबन्दी लकडाउन तथा कोरोना समयकालको अवधिभरी विद्यार्थीहरुलाई बढीभन्दा बढी ज्ञान हासिल गर्नको निम्ति सूचना तथा सञ्चार प्रविधि जन्य र जानकारी मूलक कुराको नियमित रुपमा अध्ययन गर्न विभिन्न माध्यमहरु जस्तैः रेडियो, टेलिभिजन, मोबाइल एप्स, सामाजिक सञ्जाल आदिको माध्यबाट निरन्तर रुपमा जोड्नु पर्छ। यसको निम्ति चेतनामूलक सन्देशमुलक कार्य गर्नु र गराउनु आजको नितान्त आवश्यकता हो।

यसका अतिरिक्त सामाजिक दूरी कायम राख्ने, साबुन पानीले अनिवार्य नियमित हात धुने, आवश्यकता अनुसार मास्क लगाउने, भीडभाडबाट टाढै रहने र पारिवारिक वातावरणलाई विद्यालयमय वातावरण सिर्जना गरी ज्ञानको आदान प्रदान गर्न सामाजिक सञ्जालमा आबद्ध भइ भरपूर्ण सदुपयोग गर्नु र सबै व्यक्तिको जीवनोपयोगी, व्यवाहारिक तथा असहज परिस्थितिमा पनि ज्ञानको विकास गर्नु आजको आवश्यकता हो।No description available.

सम्भव भए सबै विद्यार्थीहरुलाई सस्तो, सहज तरिकाले वाइफाई, इन्टरनेट सेवाको व्यवस्थापन स्थानीय सरकारले गरिदिएर र त्यसको प्रभावकारी रुपमा प्रयोग भईरहेको कुरा सुनिचित गर्न शिक्षकहरुले टेलिफोन, रेडियो, टेलिभिजन, घरघरमा आफैँ उपस्थितमा भएर, सामाजिक सञ्जाल आदिको माध्यमबाट विद्यार्थीहरुलाई निरन्तर तथा नियमित सहयोग तथा सहजीकरण गरेर गुणस्तरीय शिक्षण सिकाइ गर्नु जरुरी छ।

अनलाइन भर्चुअल कक्षा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय र समाजको मुख्य आवश्यकता हो। सूचना तथा सञ्चार प्रविधिको प्रयोगसँगै विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नुभन्दा राम्रो प्रविधिको विस्तार गरी विद्यार्थीहरुको घर घरमा विद्यालय जस्तो वातावरण सिर्जना गरी अनलाइन भर्चुअल कक्षाद्वरा गुणस्तरीय, भरपर्दो र स्थायी तथा जीवनोपयोगी शिक्षण सिकाइ गर्नु र गराउनु आजको आवश्यकता हो। हात हातमा मोबाइल, घरघरमा इन्टरनेट र कम्पयूटर तथा गाउँ गाउँ, टोल टोल र दूरदराज सबै भौगोलिक क्षेत्रमा मल्टिमिडियाको पहुँच र विस्तार गरी सबै विद्यार्थीहरुको समान र सहज पहुँच पुग्ने गरी अनलाइन कक्षाद्वारा गुणस्तरीय शिक्षण सिकाइ गर्नु आजको नितान्त आवश्यकता हो।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

  • July 22, 2026

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved