Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
324 shares

टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो । यी चार बाहेक अर्को खेलाडीले पनि टोकियो ओलम्पिकमा देशको प्रतिनिधित्व गर्दैछिन् । उनी हुन् त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरी ।

सिफारिस र चर्चा विनै उनी ओलम्पिक खेल्न पाउने भाग्यशाली खेलाडी बनेकी छिन् । उनले ओलम्पिक खेल्ने थाहा भएको तीन साता हुँदैछ । छनोटका रुपमा रहेको भनिएको गोपीचन्द्र पार्कीले नेपालगन्ज म्याराथन जितेसँगै टोकियो ओलम्पिकको यात्रा पक्का भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघले बताएका थिए ।

मंसिरमा भएको त्यो म्याराथन जितेदेखि गोपी अभ्यासमा जुटेका पनि थिए । उनले एपिएफकै प्रशिक्षक सन्तोष श्रेष्ठको निगरानीमा सक्दो अभ्यास गरेकै थिए । त्यहि क्रममा चैतमा भएको एडिडास १० किलोमिटर दौड पनि गोपीले जितेका थिए । उनले त्यति बेला भनेका थिए, हामीले योजना गरे अनुरुप नै प्रशिक्षण र प्रदर्शन भइरहेको छ ।

डेढ वर्षअघि स्वदेशमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) माध्यम दूरी ५ हजार मिटरमा स्वर्ण पदक जिते पनि त्यसपछि गोपीले आफू म्याराथनबाट ओलम्पिक खेल्ने लक्ष्य लिएका थिए । सबैले उनले सोचे जस्तै भएको थियो । तर, टोकियो ओलम्पिकको अन्तिम तयारीमा जुट्नु क्रममा एनओसी, एथलेटिक्स संघ र खेलाडीहरुको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संयुक्त विज्ञप्ती जारी गरेर गोपीले ओलम्पिकमा भाग लिन नपाउने जानकारी प्राप्त भएको सार्वजनिक गरेका थिए ।

संयुक्त विज्ञप्तीमा भनिएको थियो एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघ (आइएएएफ) को प्राविधिक समितिले कोटा भन्दा बढी आवेदन परेकाले गोपीलाई सहभागी गराउन नसकेको उल्लेख थियो । तीनै पक्षले यसरी सार्वजनिक गरेको विज्ञप्तीमा धेरैले विश्वास गरेनन् । त्यसरी नै समाचार आए पनि ।

ती संयुक्त विज्ञप्ती जारी गर्ने तीन संस्थाले त्यसको खण्डन पनि नगरेबाट पनि समयमा गोपीको नाम दर्ता नगरिएको बुझ्न अब कठिन छैन । जिम्मेवार निकायकै कारण भएको गल्तीबाट गोपीले सायद जान पाउने मौका गुमाए । गोपीको सहभागिता नहुने भएपछि आइएएएफले महिला एक समय मिटर दौडका लागि महिला खेलाडीको नाम पठाउन भनेको संयुक्त विज्ञप्तीमै उल्लेख छ । त्यसकै आधारमा सरस्वतीले ओलम्पिक खेल्ने मौका पाएकी छन् ।

सरस्वती आफैंलाई पनि यसपटक ओलम्पिक खेलिन्छ भन्ने लाग्ने ठाँउ नै थिएन । तर भयो त्यस्तै । कसैले अनुमान पनि नगरेको घटनाक्रमले सरस्वतीले टोकियो ओलम्पिकको यात्रा गर्ने भएकी छिन् । तीन साता भन्दा केहि अघिबाट उनी ओलम्पिकलाई लक्षित गरेर अभ्यास गरिरहेकी छिन् । यद्दपी आर्मीमा उनले नियमित आफ्नो अभ्यास भने गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved