Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वेर्नर र सानेको गोलमा जर्मनी विजयी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 3, 2021
27 shares

फरवार्ड टिमो वेर्नर र मिडफिल्डर लिरोए सानेको गोल मद्दतमा जर्मनीले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा लिचेस्टाइनमाथि २–० को सहज जित दर्ता गरेको छ ।

क्यावुनपार्क सेन्ट गल्लेन स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा जर्मनीले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि गोलको लाग ४१औं मिनेट कुर्नुपरेको थियो ।

 

टिमो वेर्नरले जमल मुसिएलाको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । जर्मनीका लागि ४६औं खेलमा उनको यो १६औं अन्तर्राष्ट्रिय गोल हो ।

७७औं मिनेटमा लिरोए सानेले गोल गर्दै जर्मनीको जित पक्का गरे । उनले लियोन गोरेट्जकाको पासलाई सदुपयोग गरेका थिए । जर्मनीले खेलभर ३० सट प्रहार गर्दा लिचेस्टाइनको रक्षापङ्ति निकै व्यस्त बनेको थियो । काउन्टर अट्याकमा ध्यान दिएको लिचेस्टाइनले २ सट मात्रै प्रहार गरेको थियो ।

यस्तै अर्काे खेलमा रोमानियाले आइसल्यान्डलाई २–० ले पराजित गरेको छ । रोमानियाको जितमा डेनिस मान र निकोलस स्टानसियुले गोल गरे । अर्काे खेलमा नर्थ म्यासेडोनिया र अर्मेनियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनी ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नर्थ म्यासेडोनिया ७ अंकसहित तेस्रो स्थानमा रहँदा रोमानिया ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । आइसल्यान्डको ३ अंक रहँदा लिचेस्टाइन अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved