Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई एक लाख छात्रवृत्ति दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 4, 2021
9 shares

२१ वैशाख, खोटाङ ।

खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ ।एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार गाउँपालिकाले वडा नं ६ इन्द्रेणीपोखरी का विष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप रु एक लाख ११ हजार १११ प्रदान गरेको हो ।

 

गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमअनुसार एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिस्वरुप जनही रु ५५ हजार ५५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही रु एक लाख ११ हजार १११ प्रदान गर्ने निर्णय गरेको थियो ।

उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सहयोग र प्रोत्साहन गर्ने उद्देश्यले यसै वर्षबाट छात्रवृत्तिका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए ।

पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै विश्वविद्यालयमा अध्ययनरत हुनुपर्नेलगायतका मापदण्ड तोकिएको छ । यस्तै गाउँपालिकाले चालु आर्थिक वर्ष सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा शिक्षक छनोट समितिमार्फत राहत र करार दरबन्दीका १२ शिक्षक छनोट गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । यस्तै विनियोजित योजना तथा कार्यक्रमबाट विभिन्न विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, भित्तेलेखन, फर्निचर निर्माण, सिँढी तथा पर्खाल निर्माण, कम्पाउण्ड तथा घेराबारा, खेलमैदान निर्माण, कक्षाकोठा तथा भवन मर्मतका काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच खोटेहाङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७-७८ को वित्तीय प्रगति ४० प्रतिशत नाघेको छ । यस आवका लागि नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त अनुदान तथा आन्तरिक आम्दानीबाट भएको कूल आयमध्ये ४०.१२ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय तथा प्रदेश सरकार र विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदान तथा गाउँपालिकाको आन्तरिक आम्दानी गरी रु ५४ करोड ८१ लाख १८ हजार ४३ आय अनुमान गरिएकामा हालसम्म रु ३१ करोड ५९ लाख ७१ हजार ३६२ भएको जनाइएको छ ।

गाउँपालिकाको यो वित्तीय प्रगति विवरणमा सामाजिक सुरक्षा भत्ता, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गरिबसँग विश्वेश्वर कार्यक्रम, साना सिँचाइ आयोजना र बहुक्षेत्रीय पोषण कार्यक्रमको बजेट समावेश नगरिएको गाउँपालिका श्रोतले बताए ।

गाउँपालिकाको चौथो वार्षिकोत्सवमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमा चालू आर्थिक वर्ष पूर्वाधार क्षेत्रअन्तर्गत ७ वटा पालिकास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड १८ लाख र ४० वटा वडास्तरीय सडक निर्माण तथा मर्मतका लागि रु एक करोड ६६ लाख ५० हजार विनियोजन गरिएको थियो । गाउँपालिकालाई चालु आर्थिक वर्षभित्रै पूर्ण उज्यालो पालिका बनाउने पनि लक्ष्य राखिएको छ ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन तथा नौ वटै वडामा वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको छ । गाउँपालिकाका अनुसार न्यायिक कार्यलाई सहज, सरल र व्यवस्थित गर्ने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमा ठेक्का प्रक्रियाबाट न्यायिक समितिको सचिवालय हल निर्माण भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved