Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड अवस्थामा नेपाल: विद्यालय जान नपाउँदा बालबालिकामा कस्तो शैक्षिक र मनोसामाजिक असर परिरहेको छ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2021
21 shares

रोधा लामाकी चार वर्षीया छोरीलाई ‘क’ देखि ‘च’ सम्म लेख्न आउँछ। तर उनलाई नेपाली राम्रोसँग बोल्न भने नआउने आमाको गुनासो छ।

अङ्ग्रेजीमा संवाद गर्ने उनी कसैले नेपालीमा प्रश्न सोधे साङ्केतिक जवाफ दिन्छिन्। यसै वर्ष प्लेग्रुपबाट नर्सरीमा उक्लिएकी छोरीले नेपाली अक्षर नचिन्ने चिन्ताले लामालाई गाँजेको छ।

“घरमा एक्लै अङ्ग्रेजी कार्टुन हेरेर बस्न रमाउँछे। विद्यालय पठाउन पाएको भए साथीहरू भेट हुन्थ्यो र नेपाली भाषामा कुरा गर्थे। बोल्न थालेपछि त बुझ्न र लेख्न पनि केही सहज हुन्थ्यो कि,” लामा भन्छिन्।

कोरोनाभाइरस महामारी सुरु भएयता शैक्षिक क्षेत्र ठप्प भएका कारण अधिकांश विद्यालयले भर्चुअल माध्यममार्फत् अध्यापन अघि बढाएका छन्। तर अनलाइन पढेर विद्यार्थीहरू कक्षा चढे पनि अभिभावकहरूले भौतिक उपस्थिति र अन्तर्क्रियाबिना बालबालिकाको पढाइ प्रभावकारी नभएको गुनासो गरेका छन्।

  • बालबालिकालाई कोरोनाभाइरसबाट कसरी जोगाउने?
  • सम्भावित कोभिडको तेस्रो लहरमा बालबालिकाबारे किन चिन्ता बढेको छ

विद्यालय भर्ना गरेदेखि नै अनलाइन कक्षा हुँदा शिक्षक र अन्य बालबालिकासँग प्रत्यक्ष अन्तर्क्रिया नभएका कारण आफ्नी छोरीलाई भाषा र घुलमिल हुनुमा समस्या भएको लामा बताउँछिन्। त्यस्तै जोरपाटीनिवासी विनोद बुढाथोकी भने आफ्नी चार वर्ष लागेकी छोरीलाई विद्यालय भर्ना गराउन नपाएर चिन्तित छन्।

बुढाथोकी भन्छन्,”नयाँ शैक्षिक सत्रदेखि अवस्था सामान्य होला भन्ने थियो। त्यसैले पर्खियौँ। तर विद्यालय खुलेन। घण्टौँ अनलाइन कक्षामा बस्न त न समय मिल्छ न छोरी नै मान्छे।”आमाबुवा दुवै कामकाजी भएकाले बुढाथोकीकी छोरीको हेरचाह उनकी हजुरआमाले गर्छिन्। हजुरआमालाई प्रविधि सहज छैन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved