Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लोकबहादुरले तीनवटा अस्पताल चहारेर घर फर्के पछी भयो मृत्यु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 4, 2021
9 shares

वैशाख२१ , जनकपुरधाम ।

धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो । स्थानीय बजारमा सानो होटेल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ उनलाई असहज भयो । असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे । प्रादेशिक अस्पतालसहित केही निजी अस्पताल पनि चहारे । भर्ना भने कसैले लिनमानेन ।

उनी सोमबारै राति फर्केर घर आए । मंगलबार बिहान ५ बजेतिर उनलाई सास फेर्न असहज भयो । नजिकै रहेको आरपी मेडिकल जान लागे । तर, त्यहाँ जाने क्रममा एक्कासी लडेर उनको मृत्यु भएको वडा सदस्य रामबाबु रवीदासले भने । उनको शव लडेकै ठाउँमा रहेको छ ।

 

‘उन को श्रीमती र छोराछोरी ५ महिना अगाडि नै निजी कामका लागि भारतको दिल्ली गएपछि उहाँ एक्लै होटेल सञ्चालन गर्दै आउनुभएको थियो,’ वडा सदस्य रवीदासले भने, ‘सोमबार स्वास्थ्यमा समस्या आएपछि एम्बुलेन्स बोलाएर जनकपुरधाम जानुभयो । तर, रकम अभावमा भर्ना हुन नपाउँदा फर्केर आएको सूचना पाएको छु ।’

परियारमा कोरोनाको जस्तै लक्षण रुघाखोकी लागेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए । ‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’ परियारलाई लिएर जनकपुरधाम गएका एम्बुलेन्सका चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परिवारले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । ,त्यसपछी मैले घर छाडिदिएँ ।’

कोरोनाको जस्तै लक्षण देखापरेका परियारको मृत्यु भएपछि उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली बोलाइएको वडाध्यक्ष दीपरमण दाहालले बताए । ‘स्वाब संकलनपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने ।

निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको वडा सदस्य रवीदासले बताए ।

यस सम्बन्धमा बुझ्न खोज्दा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले फोन उठाएन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved