Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तालिबानको यो सेनाले गर्ने छ काबुलको सुरक्षा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 26, 2021
315 shares

काठमाडौँ– अफगानिस्तानमा तालिबाने काबुल शहरको महत्वपूर्ण क्षेत्रको सुरक्षाका लागि नयाँ सुरक्षा बल बनाएको छ ।

हालै कैयौं चरमपन्थी संगठनहरुले शहरको शान्ति सुरक्षालाई चुनौती दिने जस्ता सन्देशहरु सार्वजनिक गरेका थिए । २४ अगस्टमा एक ट्वीटर पोस्टमा तालिबानको अरबी भाषाको ह्याण्डलले यो विषयमा जानकारी दिएको छ । ट्वीटमा एक तस्वीरसहित लेखिएको छ, ‘यो फतेह वाक’ अथवा विजेता बल हो यसले काबुल शहरमा गस्ती गर्न सुरु गरिसकेको छ ।’

 

पोस्ट गरिएका ४ वटा तस्वीरमा हतियारसहित सैनिक आफ्नो सुरक्षा वाहनका साथ देखिन्छन् । अर्को तस्वीरमा यी सवारी साधानमा नयाँ फोर्सको पस्तो र अंग्रेजी नाम देखिन्छन् ।

महत्वपूर्ण स्थानको सुरक्षा

तालिबानको अरबी भाषाको ट्वीटर ह्याण्डलले यसभन्दा धेरै जानकारी दिएको छैन । तर इस्लामिक इमिरेट्सको मल्टिमिडियाको ह्याण्डलले नयाँ फोर्सले सराय शहजादासहित काबुल शहरको सुरक्षा गरिरहेको दावी गरेको छ ।

१५ अगस्टमा तालिबानले काबुलमा कब्जा गरेपछि उसको अरबी भाषाको ट्वीटर ह्याण्डलले बद्री ३१३ नामको एक यूनिटलाई स्पेशल बलको नामबाट प्रचारित गरेको थियो । १५ र १७ अगस्टका ट्वीट्समा तालिबानले बद्री ३१३ यूनिटलाई राष्ट्रपति भवनका साथै रणनीतिक र संवेदनशील क्षेत्रको सुरक्षामा तैनाथ गरिएको बताइएको छ ।

जुलाईमा तालिबान प्रवक्ता जबीबुल्लाह मुजादिनले बद्री ३१३ को पासिंग आउटबारे ट्वीट गरेका थिए । यसअघि उनले नोभेम्बर २०१८ मा पनि यही फोर्सको चर्चा गरेका थिए । गएका दिनहरुमा तालिबानले मानिसहरुको जीवन सामान्य अवस्थामा फर्किएको सन्देश दिने प्रयास गरिरहेको छ ।

चीनद्वारा सहयोगको प्रस्ताव

यसैबीच चीनले अफगानिस्तानमा शान्ति र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताएको छ । चीनले अफगान तालिबानको एक प्रतिनिधिमण्डलले चिनियाँ राजदूतसँग भएको भेटका क्रममा यस्तो सहयोगको प्रस्ताव गरेको हो । चिनियाँ सरकार समर्थित सञ्चार माध्यम द पेपरले चिनियाँ राजदूत र तालिबान प्रतिनिधिमण्डलबीचको भेटलाई प्रभावकारी र महत्वूर्ण भनेको छ ।

 

रुस र पाकिस्तानपछि तालिबानको कब्जालाई सहज रुपमा लिने चीन तेस्रो मुलुक हो । काबुलमा नियन्त्रण गर्नुभन्दा पहिला पनि तालिबान प्रतिनिधिमण्डल बेइजिङ गएको थियो । सो प्रतिनिधिमण्डलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेको थियो । चिनियाँ सञ्चार माध्यमहरुले सो भेटको तस्वीर सार्वजनिकसमेत गरेका थिए । त्यतिबेला नै तालिबानले चीनसँग समन्वय गर्न तयार रहेको बताएको थियो । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved