Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिला सांसदलाई दुव्यर्वहार गरेको भिडियो प्रमाण देखाउन डीआईजी धानुकको चुनौती

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2021
15 shares

बैशाख २० बुटवल ।

लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर,लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री,फूलमति ढेगा,लौटी थारु,सुष्मा यादव,पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।
यो पनि पढ्नोहोस……….

​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप ‘बनावटी कुरा’ भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए,म ढोका खोलेर बाहिर निस्किएँ ।’

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी,सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । ‘सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ,अनि मैले कसरी दुव्यर्वहार गरेँ ?’ उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।’

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । ‘त्यहाँ १ सय जना पत्रकार थिए,मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् ?’ उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?’

आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved