Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘कायर गनी’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 16, 2021
105 shares

एजेन्सी, अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडी भागेपछि उनलाई कायर र अप्ठ्यारोमा देशलाई पारेर गएको आरोप लागेको छ । राष्ट्रपति चुनावमा उनका प्रमुख प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले कायर भनेका छन् ।

अब्दुल्लाले भनेका छन्, अफगानिस्तानका पूर्वराष्ट्रपतिले अफगानिस्तानलाई छाडेका छन् । उनले देशलाई यस्तो अवस्थामा छाडेका छन् जुन अल्लाले लेखाजोखा राख्नेछन् ।

गनीले जनतालाई ढाँट्दै आएको भन्दै राजनीतिज्ञहरुले आलोचना गरेका छन् । उनले अफगानी जनतालाई अन्धकारमा राख्दै आएको अरोप लगाएका छन् । शनिबार मात्र टेपरेकर्ड गरिएको अभिव्यक्तिमा उनले अफगानिस्तानलाई तालिवानबाट जोगाउन लड्ने बताएका थिए । तर, आइतबार उनी भागेर ताजिकिस्तान पुगे ।

बाल्क प्रान्तका प्रभावशाली पूर्वकमाण्डर अट्टा मोहम्मद नुरले गनी नेतृत्वको सरकारलाई ठूलो संगठति र कायर षड्यन्त्रकारी भनेका छन् । उनलाई अराष्ट्रवादी र कायम भन्दै आलोचना भइरहेको छ ।
गनीले सन् २०१४ र २०१९ मा चुनाव जित्दा विवाद भएको थियो । उनका प्रतिद्वन्द्वी अब्दुल्लाले सन् २०१९ मा चुनाव जितेको दाबी गरेका थिए । तर, गनीलाई नै विजयी घोषणा गरियो । त्यतिबेला अब्दुल्लाले राष्ट्रिय मेलमिलाप परिषद्को प्रमुख बनाएर शक्ति बाँडफाँड गरिएको थियो ।

गनीले अफगानिस्तान छाड्दा अफगानिस्तानी जनताले पूर्व राष्ट्रपति डा. मोहम्मद नाजिबुल्लालाई सम्झिएका छन् । सन् १९९६ मा तालिवान काबुल छिर्न लाग्दा संयुक्तराष्ट्रसंघको कार्यालयभित्र शरण लिएर बसेका उनी भाग्न तयार भएनन् । तत्कालीन रक्षामन्त्री महमुद शाह मसुदले नाजिबुल्लालाई देश छाड्ने अवसर सृजना गरिदिए । तर, उनी छाड्न तयार भएनन् । आफ्नो पस्तुन्स समुदायको नजरमा कायर भनिने र सधैका लागि नराम्रो धब्बा लाग्न सक्ने भएकाले उनी काबुलमै बसे ।

काबुलमा तालिवान पसेपछि उनी र भाई साहपुर नाजिबुल्लालाई संयुक्तराष्ट्रसंघको कार्यालयबाट घिसारेर हत्या गरे । शवलाई दुई दिनसम्म काबुलको चोकको ट्राफिक लाइटको पोलमा झुण्ड्याए ।
नाजिबुल्लालाई जस्तै क्रुरतापूर्वक हत्या गर्न सक्ने भएर गनी भागेको चर्चा अफगानिस्तानमा छ । तर, गनीले अफगानिस्तानलाई अध्यारोमा पारिरहेको र झन् अन्धकारमा धकेल्नेहरुसँग नजुधी भागेको विश्लेषण भइरहेको छ ।

अफगानी जनताको नजरमा गनी कायर ठहरिएका छन् । उनीहरुले २५ वर्ष अघिका नाजिबुल्लालाई सम्झेर उनलाई साहसी देखेका छन् । जो तालिवानबाट बच्नका लागि भागेनन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved