Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“समृद्ध नेपाल- सुःखी नेपाली” अभियानमा सूचनाक्षेत्रले मुख्य भूमिका खेल्नोपर्छ : सञ्चारमन्त्री गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 2, 2021
504 shares

बैशाख १९ काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
सन्देशमा उनले भने, “सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।”

मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग भएको भन्दै त्यसैले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ( समृद्ध नेपाल- सुःखी नेपाली ) को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य बताए ।

सन्देशमा सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको उनले बताए ।

 

“सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुँच पुर्याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ”, सन्देशमा उनले भने, “सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।”

मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताए ।

“साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ”, उनले सन्देशमा भनेका छन् । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै यस अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय/अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरूप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved