Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निजी अस्पताललाई ‘कोभिड अस्पताल’ मा रुपान्तरण गरौँ – डा. महेश मास्के

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2021
12 shares

१८ वैशाख, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोनाभाइरस)का बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई विभिन्न पाँच बुँदामा सुझाव दिएका छन् ।

डा. मास्केले काठमाडौं उपत्यकालगायत देशका धेरै वटा मेडिकल कलेज र निजी अस्पतालहरुलाई दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्न सरकारलाई सुझाएका छन् ।
सुचना चौतारी मार्फत सरकारलाई सुझाव दिँदै डा. मास्केले भने, ‘धेरै मेडिकल कलेज र निजी अस्पतालहरूलाई अस्थायी रुपमा दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्नुहोस् ।’

डा. मास्केका ५ सुझाव उनकै शब्दमा

१. धेरैभन्दा धेरै मेडिकल कलेजहरू र निजी अस्पतालहरूलाई कोभिड डेडिकेटेड अस्पतालमा रुपान्तरण गरौँ । अस्थायी रूपमा दुई महिनाका लागि यसो गर्न सकिन्छ, ताकि यस संकटको घडीमा पर्याप्त अक्सिजन सपोर्टसहितका बेडहरुको व्यवस्थापन गर्न सकियोस् । यसो गर्दा बिरामीहरुले अस्पतालमा भर्ना नपाएर अक्सिजन एवं डेक्सामेथासन जस्ता साधारण औषधिको अभावमा उनीहरुको स्वास्थ्य अवस्था जटिल पनि हुँदैन र धेरै आइसियु बेडको आवश्यकता पर्दैन ।

२. स्थानीय तहमा वडाका पदाधिकारीहरूलाई यातायात सुविधासम्पन्न बनाई नजिकैका कोभिड अस्पतालमा सहजै पहुँचको व्यवस्था मिलाउँ । यसो गर्दा अस्पतालमा पु-याउनुपर्नेखालका बिरामीहरुलाई वडाहरुले समयमै सेवा दिन सक्छन् ।

३. प्रत्येक वडामा होम आइसोलेसन र संस्थागत आइसोलेसन पर्याप्त संख्यामा स्थापना गरी चिकित्सक एवं सम्बन्धित निकायको प्रत्यक्ष एवं फोन कलको माध्यमबाट निरन्तर सुपरिवेक्षण गरिनुपर्छ ।

४. नेपाल प्रवेश गर्ने सबै मानिसलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर कोरोनाको कुनै लक्षण देखिएमा परीक्षण गरिनुपर्छ ।

५. कोरोनाको बेलायत एवं भारतीय भेरियन्टलाई परास्त गर्न तदारुकताका साथ परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved