Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झण्डै १० प्रतिशत संक्रमित बालबालिका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2021
33 shares

१८ वैशाख, काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिरहँदा यसको उच्च जोखिममा बालबालिका पनि पर्न गएको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख १ देखि १७ गतेसम्म ४०६९ जना बालबालिकामा संक्रमण देखिएको छ । यो तथ्यांक २० वर्ष मुनिका बालबालिकाको हो । जसमध्ये नौ वर्षसम्मका ९२५ जना र १० देखि १९ वर्षसम्मका ३१४४ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.१२ र ७.१९ प्रतिशत हो भने समग्रमा ९.३१ प्रतिशत हो ।

 

मन्त्रालयको तथ्यांक अनुसार १७ दिनको अवधिमा कुल १ लाख ६४ हजार ८१२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये ४३ हजार ७०४ जनामा संक्रमण पुष्टि भएको थियो । जुन ४ जनाको परीक्षण गर्दा औसतमा १ जनामा संक्रमण पुष्टि भएको देखिन्छ ।

बिहीबार १५ हजार ९१६ नमुना परीक्षण गर्दा ५ हजार ७२७ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ७२७ संक्रमित हुँदा २० वर्ष मुनिका ५०६ जना बालबालिका कोरोनाको चपेटामा परेका छन् । जसमध्ये ९ वर्षसम्मका १३९ जना र १० देखि १९ वर्षसम्मका ३६७ जना छन् । प्रतिशतका हिसाबले त्यो क्रमशः २.४३ र ६.४१ प्रतिशत हो भने समग्रमा ८.८४ प्रतिशत हो ।

बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलको ठम्याइ छ

चिकित्सकहरुले बताए अनुसार तुलानात्मक रुपमा कोरोना संक्रमणको दोस्रो लहरले बालबालिका बढी प्रभावित भएका छन् ।

वयस्क व्यक्तिको तुलनामा बालबालिकाको परीक्षण कम भएका कारण अहिलेको तथ्यांक अन्य उमेर समूह भन्दा कम देखिए पनि यथार्थमा बढी हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

बालरोग विशेषज्ञ डा. कृष्ण पौडेलले तथ्यांक भन्दा बढी बालबालिकामा संक्रमण देखिन सक्ने बताउँछन् । ‘धेरै संख्यामा लक्षण भएका बालबालिका पनि परीक्षणका दायरामा आएका छैनन् । परीक्षण भएका बालबालिकाको स्वाब संकलनमै समस्य हुने भएकाले पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छैन । जति बालबालिकामा संक्रमण देखिएको छ यो पनि धेरै हो ।’ समुदाय स्तरमा अझ धेरै संक्रमित बालबालिका हुन सक्ने उनको अनुमान छ ।

कोरोनाको दोस्रो लहर देखिने बित्तिकै स्वास्थ्य मन्त्रालयले सरकारलाई विद्यालय तथा कलेजहरु बन्द गर्न सुझाव दिएको भएपनि त्यसो हुन नसक्दा कोरोनाको संक्रमण दर बढेको हुन सक्ने उनी बताउँछन् ।

२० वर्षदेखि माथि र ५० वर्षभन्दा मुनिका उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण बढी देखिनु नै समुदायका लागि खतरा रहेको उनले बताए । यो उमेर समूहका मानिसहरु कलेज, अफिस, व्यापार तथा व्यवसायमा सक्रिय रहँदा बढी भिडभाडमा रहनु परेका कारण उनीहरुबाट संक्रमण परिवारमा सरेको हुन सक्ने उनको आशंका छ ।बढी समय बाहिर घुलमिल हुने अभिभावक सचेत नबन्दा बालबालिकामा पनि संक्रमण बढेको उनको ठम्याइ छ ।

पछिल्लो समय बाँकेको नेपालगञ्ज कोरोनाको हटस्पट नै बन्न पुगेको छ । कोरोना संक्रमण तीब्र बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ । कोरोना संक्रमितले बाँकेका अस्पतालहरु भरिभराउ भएका छन् । बाँकेको भेरी अस्पतालका डाक्टर राजन पाण्डेले सरकारले विद्यालय बन्द गर्न ढिलाइ गरेका कारण पनि बालबालिकामा कोरोनाको जोखिम बढेको बताउँछन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि मात्रै उपचारका लागि अस्पतालसम्म आइपुगेका बालबालिकाको मात्रै परीक्षण हुने गरेको पाइएको उनी बताउँछन् । सामान्य लक्षण भएका, कन्ट्याक्ट ट्रेसिङमा परेका बालबालिकाहरुको परीक्षण नै हुन नसकेका उनी बताउँछन् ।

अन्लाईनखबर बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved