Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारलाई नेपाली कांग्रेस को सुझाव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2021
9 shares

बैशाख १८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् ।

आफ्नो निजी निवास बुढानीलकण्ठमा शुक्रबार पत्रकारसम्मेलन गर्दै देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रूपमा फैलिएको आरोप लगाए । सरकारले विगतबाट पाठ नसिक्दा तथा उद्घाटन, भीडभाड र तडकभडकमा व्यस्त रहँदा कोरोना रोकथाम तथा नियन्त्रणतर्फ कुनै ठोस काम नभएर यस्तो अवस्था आएको देउवाले भनेका छन् ।

‘संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ, बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ, यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ,’ देउवाले पत्रकार सम्मेलनमार्फत भने ।

देउवाले संक्रमण व्यापक रूपमा बढेको भन्दै आवश्यक आईसीयू बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्, अस्पतालमा आईसीयू बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस्, कन्ट्रयाक टेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमार्फत सरकारलाई सुझाउँदै भने ।

यस्तै, सीमा नाकाबाट आएकाहरूमा परीक्षण बढाउन र परीक्षणपछि उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई बिमा र जोखिम भत्ताको व्यवस्थाको प्रबन्ध तत्काल गर्न पनि देउवाले सरकारलाई आग्रह गरेका छन् ।

यस्तै, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न पनि माग गरेका छन् । काठमाडौं उपत्यकालगायतका ठाउँमा लकडाउनको निर्णयपछि उपत्यका छाड्ने समय दिएपछि संक्रमित गाउँगाउँ पुगेको भन्दै देउवाले सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

देउवाले खोप आपूर्तिका लागि व्यवस्था गर्नेतर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन् । यस्तै, लकडाउनका कारण आर्थिक सामाजिक रूपमा मारमा परेकाहरूका लागि आवश्यक कार्ययोजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्ध सचेतना अभियानमा परिचालित हुन निर्देशनसमेत दिएका छन् भने आर्थिक तथा सामाजिक रूपमा समस्यामा परेकालाई सहयोग गर्ने अभियान चलाउनसमेत पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।

यसैगरी, अमेरिकालाई खोप सहयोग गर्ने निर्णय गरेकामा धन्यवाद दिए । यसअघि भारत र चीनलाई पनि नेपाललाई खोप सहयोग गरेकोमा धन्यवाद दिए । देउवाले आफ्ना देशका नागरिकका लागि अग्रिम खोपको मात्रा बुक गरी सुरक्षित गरिराखेका देशलाई समेत बुक गरिएको कोटाबाट केही डोज नेपाललाई उपलब्ध गराउनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved