Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माधव नेपालको अबको भूमिका कस्तो होला ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 19, 2021
303 shares

काठमाडाैं। नेकपा एमाले पार्टीको निर्णय नै उल्लंघन गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले के गर्लान् भन्ने प्रश्न उब्जिएको छ।

प्रश्न यसकारण उठेको छ किनकि शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने निर्णय गरेपछि एमाले स्थायी कमिटीको बैठक बसेर देउवालाई विश्वासको मत दिनेहरु एमाले नरहने निर्णय गरेको थियो।

यो निर्णयअनुसार अब माधव नेपाल र उनको समूहका सांसदहरु एमाले रहेनन्। एमाले नरहिसकेपछि अब उनीहरुको अर्को कदम के हुने भन्नेतर्फ चासो बढेको छ।

अब प्रतिनिधि सभाले बाँकी कार्यकाल पूरा गर्न पाउने सम्भावना उच्च देखिएको छ। विश्वासको मत पाइसकेपछि अब प्रधानमन्त्री शेरबहादुर देउवा २ वर्षका लागि अविश्वासको प्रस्तावबाट बचेका छन्।

संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत पाइसकेपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन र त्यो अवधिसम्म वर्तमान प्रतिनिधिसभाको कार्यकाल नै सकिन्छ। अब समर्थन गरेका पार्टीले समर्थन फिर्ता लिने वा देउवाको पार्टी नेपाली कांग्रेस नै विभाजित भएको अवस्थामा बाहेक सरकारलाई अरु खतरा छैन।

सरकारले तत्काल सजिलै नढल्नेगरी विश्वास पाइसकेपछि अब माधवकुमार नेपाल बिजनेसविहीन भएका छन्। प्रधानमन्त्री भइसकेका उनी देउवा सरकारमा मन्त्री बन्न पक्कै नजालान्। सरकार बनाउने र ढलाउने खेल प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि अब लगभग रोकिएको छ। यस्तोमा अब नेपालले के गर्लान्? भन्ने विषयमा चासो बढ्नु स्वभाविक नै हो।

सरकारले तत्काल सजिलै नढल्नेगरी विश्वास पाइसकेपछि अब माधवकुमार नेपाल बिजनेसविहीन भएका छन्। प्रधानमन्त्री भइसकेका उनी देउवा सरकारमा मन्त्री बन्न पक्कै नजालान्।

सरकार बनाउने र ढलाउने खेल प्रतिनिधिसभाको बाँकी कार्यकालका लागि अब लगभग रोकिएको छ। यस्तोमा अब नेपालले के गर्लान्? भन्ने विषयमा चासो बढ्नु स्वभाविक नै हो।

नेपालसहित उनको पक्षका केही सांसदहरुले अब पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्ने भनेका छन्। तर, केपी शर्मा ओली नेतृत्वमा रहँदासम्म नेपाल पक्षको एमालेमा सहज र सम्मानजनक एकता हुन सक्ने देखिन्न। ओली नेपाल पक्षसँग अत्यन्तै रुष्ट छन्।

यस्तोमा उनी सहजै माधव नेपाललाई पुरानै हैसियतमा स्वीकार गर्न तयार होलान् जस्तो देखिन्न। यस्तोमा आगामी मंसिरसम्म माधव नेपाल यसैगरी बाहिरै रहने सम्भावना उच्च छ। अझै केही महिनासम्म एमालेका दुई पक्षको विवाद चलिरहने देखिन्छ।

मंसिरमा एमालेको दशौं महाधिवेशन हुँदैछ। यो महाधिवेशन एमालेको एकताको लागि निर्णायक हुनेछ। यो महाधिवेशनमा ओली फेरि हावी होलान् वा माधव नेपाल पक्षको भारी पर्ला भन्ने अहिले नै भन्न सकिने अवस्था छैन। त्यसमाथि महाधिवेशन आउन अझै ५ महिना बाँकी रहेकोले त्यसबेलासम्म परिस्थिति कस्तो बन्छ भन्ने पनि अहिले नै थाहा हुन सक्ने अवस्था छैन।

ओलीसँग असन्तुष्ट नेपाल पक्षका नेता कार्यकर्ताहरु तल्लो तहसम्म छन्। यदि महाधिवेशनमा नेपाल पक्षले जित्यो भने ओलीलाई पाखा लगाएर एमालेको नेतृत्व कब्जा गरिसकेपछि एमालेको एकीकरण सहज हुन सक्छ।

यस्तोमा अर्को निर्वाचनमा एमाले माधव नेपालको नेतृत्वमा जान सक्छ । तर, यदि ओली पक्षले महाधिवेशनमा जित्यो भने नेपाल पक्ष एमालेबाटै टुक्रिन सक्ने सम्भावना उच्च छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाद्वारा थप ३...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved