काठमाण्डौ । प्रधानमन्त्री शेर बहादुर देउवाले बिश्वासको मत पाएपछी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिलाई ठेगान लगाइएको र नेपाली नागरिकको जित भएको बताउनुभएको छ ।
हिजो संसदको अधिबेशनको शुरुवात संगै प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत लिनु भएको थियो । देउवा सरकारको पक्षमा १६५ बिश्वासको मत ,सोको बिपक्षमा ८३ मत प्राप्त भएको थियो भने १ जना तठस्थ रहेका थिए ।

नेकपा एमालेका नेता नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत प्रदान गरेर नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको हो ।
नेता नेपालका अनुसार ‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्टि भएको छ । ‘यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ।’










