काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा ले संसद्बाट विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।










