Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डिजिटल प्रविधिबाट डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको विमोचन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 6, 2021
591 shares

काठमाडौं। नेपाली राजनीति विशेषज्ञ, सर्जक-लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य श्री डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन यही २० असार २०७८ का दिन सम्पन्न गरियो ।

सम्भवतः नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ. प्रा. लि. ले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको थियो ।

एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्व तथा उद्‌घोषणमा आयोजित कार्यक्रममा कविता क्षेत्रका विशेष अतिथिहरू तथा डा. शर्माका परिवारका सदस्यहरू जुम र क्लबहाउसबाट डिजिटल विमोचनमा सरिक थिए । कवि केदार शर्मा, कवि राजेन्द्र शलभ, कवि विश्वविमोहन श्रेष्ठका साथै कविताको क्षेत्रमा निरन्तर कलम चलाइरहने धरणी गौतम तथा पुरुषोत्तम सिग्देलले कवि डा. खगेन्द्र नाथ शर्मालाई बधाई ज्ञापन गर्दै पुस्तकको भौतिक तथा डिजिटल कपि विमोचन गरेका थिए ।

कवि शर्माले ८२ वर्षको उमेरपश्चात् सिर्जना गरेका कविताहरू मनोहरा साहित्य समाजद्वारा निरन्तर आयोजित कार्यक्रममा वाचन भइसकेका हुन् । ४ वर्षको अन्तरालमा रचिएका कविताहरूको सङ्ग्रह नै “अकविता” नामले हाल पुस्तक तथा डिजिटल कपिमा उपलब्ध छन् । एरो एडकै कार्यसम्पादनमा पुस्तकको सम्पादन, डिजाइन, तथा कला-सज्जाको काम सम्पन्न भएको हो ।

डा. शर्मा भन्नुहुन्छ, “परिवार तथा सर्जकहरूको निरन्तर प्रोत्साहन तथा उक्साइबाट मैले यो कविता सङ्ग्रह प्रकाशन गर्ने जमर्को गरें । यसको प्रकाशनमा संलग्न मेरा छोरा किशोर शर्मा तथा एरो एडका सम्पूर्ण सदस्यहरूलाई म कृतज्ञता ज्ञापन गर्दछु।“ कवि डा. शर्माको कृति “अकविता” को भौतिक कपि एरो एडमा उपलब्ध छ ।

 

सम्पर्कको लागि

विजय अधिकारी – ९८४१-२३७१८८
उद्धवप्रसाद मैनाली –९८५१०-४१६६०

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठ...

  • July 27, 2026

‘जय श्रीराम’ लेखिएको झण्डादेखि सुरु भएको विवाद हिं...

  • July 27, 2026

देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबि...

  • July 27, 2026

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, केही दिन अत्यावश्यक सव...

  • July 27, 2026

काठमाडौंको तीन थानामा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ...

  • July 27, 2026

हलेशीमा बोलबम टोलीलाई स्वागत : सामाजिक सद्भावको सन्देश दिन खोज...

  • July 27, 2026

हिन्दु–मुस्लिम झडपपछि प्रशासनको कडा कदम, सुनसरीका पाँच संवेदनश...

  • July 27, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved