Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापाका २ हजार ३३९ परिवारले मङ्सिर मसान्तसम्म लालपुर्जा पाउने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2026
975Shares

झापा । झापाका २ हजार ३३९ परिवारले आगामी मङ्सिर मसान्तसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन्। जिल्ला भूमि समस्या समाधान समितिले स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त भएका परिवारको विवरणमाथि प्रारम्भिक छानबिन सुरु गर्दै लालपुर्जा वितरणको प्रक्रिया अघि बढाएको हो।

समितिका अनुसार स्थानीय तहबाट प्रमाणीकरण भएर प्राप्त विवरणमाथि प्रारम्भिक छानबिन गरी कार्यविधिअनुसार आवश्यक प्रक्रिया पूरा गर्न सार्वजनिक सूचना जारी गरिसकिएको छ। सार्वजनिक बिदाका दिन धेरै हुनुका साथै कानुनी तथा प्रक्रियागत काम पूरा गर्न समय लाग्ने भएकाले आगामी मङ्सिर मसान्तसम्म लालपुर्जा उपलब्ध गराउने तयारी गरिएको जिल्ला भूमि समस्या समाधान समितिले जनाएको छ।

हाल जारी सार्वजनिक सूचनामा बुद्धशान्ति गाउँपालिकाका १ हजार ३६४, अर्जुनधारा नगरपालिकाका ९६४ र मेचीनगर नगरपालिकाका ११ परिवारको विवरण समावेश गरिएको छ। अन्य स्थानीय तहबाट समेत नामावली प्राप्त हुनासाथ आवश्यक प्रक्रिया अगाडि बढाइने समितिले जनाएको छ। कार्यलाई तीव्रता दिन मन्त्री प्रतिभा रावलबाट थप चार जना जनशक्ति उपलब्ध गराइएको छ भने आवश्यकताअनुसार अन्य निकायका कर्मचारीसमेत परिचालन गर्ने तयारी गरिएको छ।

झापाका १५ वटै स्थानीय तहमा भूमिसम्बन्धी समस्या समाधानको कामलाई प्रभावकारी बनाउन समितिले समन्वय तथा सहजीकरण गरिरहेको छ। यसैक्रममा दमक, गौरादह, कमल र गौरीगञ्ज क्षेत्रको दैनिक प्रगति विवरण संकलन तथा समस्या समाधानमा सहजीकरण गर्ने जिम्मेवारीसहित इलाका प्रशासन कार्यालय दमकका कर्मचारी सुरेन्द्रराज दाहाललाई समर्पित कर्मचारीका रूपमा खटाइएको छ।

यसैगरी, विगतका भूमि आयोगहरूबाट टुङ्गो लाग्न नसकेका अधुरा तथा अपुरा निवेदन भएका परिवारको सङ्ख्या ५ हजार २९६ रहेको समितिले जनाएको छ। ती निवेदनमाथि छानबिनलाई तीव्रता दिन तिहार बिदापछि छुट्टै विशेष टोली परिचालन गरी काम अघि बढाइने भएको छ। सार्वजनिक बिदाका दिनमा समेत काम सञ्चालन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई प्रचलित कानुनअनुसार लालपुर्जा उपलब्ध गराउने समितिको प्रतिबद्धता छ।

समितिले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार झापामा भूमिहीन दलितका २ हजार ८९६, भूमिहीन सुकुम्बासीका १५ हजार ७८३ र अव्यवस्थित बसोबासीका ४१ हजार ८५१ परिवार गरी कुल ६० हजार ५३० परिवारको आवेदन परेको छ। जिल्ला भूमि समस्या समाधान समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूमिसम्बन्धी समस्या समाधानको कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तिहार बिदामा पनि अदालतले विशेष काम कार्वाही गर्ने

  • November 7, 2026

मोरङ बेलबारीका हेमन्तले गरे मातापिताका नाममा कला–साहित्य पुरस्...

  • November 7, 2026

अरूको समुदायमा विकृति खोज्नुभन्दा आफ्नै समुदाय सुधारौँ, सामाजि...

  • November 7, 2026

अनेकतामा एकता नै समृद्ध नेपाल निर्माणको आधार होः राष्ट्रिय ख्र...

  • November 6, 2026

थापाठानामा ‘असल छिमेकी केन्द्र’ स्थापना, कानुनी मान्यता र PAN ...

  • November 6, 2026

धनतेरस आज मनाइँदै, भोलि धन्वन्तरी जयन्ती तथा यमदीपदान गरिने

  • November 6, 2026

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचा...

  • November 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved