Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मोरङ बेलबारीका हेमन्तले गरे मातापिताका नाममा कला–साहित्य पुरस्कारको घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2026
3.4KShares

हिमांशु राय बेलबारी मोरङ । मोरङ, बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन् । बेलबारी नगरपालिका –२, लालभित्ती, मोरङ मूल ठेगाना भई पछिल्लो समय अमेरिकामा बसोबास गरिरहेका तिवारीले स्व. पिता गणनाथ तिवारी र माता विष्णुमाया तिवारीका नाममा ‘गणनाथ/ विष्णुमाया साहित्य कला पुरस्कार’ को स्थापना गरिदिएका हुन् । पिताको वार्षिकीका लागि नेपाल आएका तिवारीले फिर्ने क्रममा उक्त पुरस्कार घोषणा गरिदिएका हुन् ।

१५,५५५।– राशिको उक्त पुरस्कार हरेक वर्ष एक जना कला साधकलाई प्रदान गरिनेछ । कोसी साहित्य–कला परिषद् नेपाल संरक्षक रहने गरी घोषणा गरिएको उक्त पुरस्कारको सम्झौता पत्रमा बिहीबार मात्र हस्ताक्षर भएको हो । सम्झौता पत्रमा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही र दाता हेमन्तले हस्ताक्षर गरेका थिए । हेमन्तकी श्रीमती रिजु चापागाईं तिवारीलाई साक्षीका रूपमा राखिएको उक्त पुरस्कार घोषणका कार्यक्रममा हेमन्तकी माता विष्णुमाया तिवारी दाजु तीर्थ तिवारी, कान्छा भाइ रेवती तिवारी र उनीहरूका परिवारका सदस्य तथा कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ को समेत उपस्थिति रहेको थियो ।

पुरस्कारका लागि ‘गणनाथ /विष्णुमाया कला साहित्य पुरस्कार अक्षयकोष’ को स्थापना गरिने र पुरस्कारलाई समय सापेक्ष बनाउँदै लैजान यसको राशिमा पनि वृद्धि गरिँदै लगिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । यो पुरस्कार कोसी साहित्य–कला परिषद् नेपालको वार्षिक उत्सवका दिन वितरण गरिने छ ।

स्मरण रहोस् कोसी साहित्य कला परिषद् नेपालले यसअघि नै २५,५५५।– ‘कोसी साहित्य पुरस्कार’ र ५,५५५।– राशिको ‘कोसी नवसिर्जनशील पुरस्कार’ को घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तिहार बिदामा पनि अदालतले विशेष काम कार्वाही गर्ने

  • November 7, 2026

झापाका २ हजार ३३९ परिवारले मङ्सिर मसान्तसम्म लालपुर्जा पाउने

  • November 7, 2026

अरूको समुदायमा विकृति खोज्नुभन्दा आफ्नै समुदाय सुधारौँ, सामाजि...

  • November 7, 2026

अनेकतामा एकता नै समृद्ध नेपाल निर्माणको आधार होः राष्ट्रिय ख्र...

  • November 6, 2026

थापाठानामा ‘असल छिमेकी केन्द्र’ स्थापना, कानुनी मान्यता र PAN ...

  • November 6, 2026

धनतेरस आज मनाइँदै, भोलि धन्वन्तरी जयन्ती तथा यमदीपदान गरिने

  • November 6, 2026

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचा...

  • November 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved