Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली मण्डलीहरूमा बढिरहेको मौन विद्रोह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 11, 2026
22.1KShares

बिनोद रोकाया मगर । के तपाईलाई नेपाली मण्डलीहरूमा बढिरेहेको “मौन बिद्रोह” बारे थाहा छ? सामान्य रुपमा यसलाई अर्थ्याउन पर्दा यो मौन/चुपचाप मण्डलीका विशेषगरि जवानहरूले आफ्ना स्थानिय पाष्टरहरूप्रति असहमति जनाउने लहर हो जुन कालान्तरमा स्थानिय मण्डलीको सदस्यता त्यागेर अरू मण्डलिको सदस्यतामा टुंगिने गर्दछ वा सकृय स्वयंमसेवक सेवाबाट निस्कृयतामा टुंगिन्छ। यो छोटो लेख धर्मशास्त्रिय र ईश्वरशास्त्रीय तवरले चर्चा गरिएको नभई नितान्त निजी अवलोकन र अनुभवबाटको हो।

नेपालमा भर्खरै भएको ‘जेन्जी’ आन्दोलनको कारण यो प्रसङ्ग उठेको होइन, न त त्यसपछि केही इसाईहरूले सामाजिक सञ्जालमा “अब नेपाली मण्डली वा संघसंस्थाका पास्टर-अगुवाहरूले पनि नेतृत्व हस्तान्तरण गर्नुपर्छ” भनेर आवाज उठाएका कारणले नै हो। त्यसोभए, यो प्रसङ्ग कसरी उठ्यो त? बेलायतमा पछिल्लो समय ‘Quiet Revival’ अर्थात् “मौन जागृति” चलिरहेको छ भनेर यहाँका मण्डलीहरूले भनिरहेका छन्। यस भनाइको तात्पर्य; यहाँका मण्डलीहरूमा जानेहरूको सङ्ख्या न्यून छ, त्यसमा पनि प्रायः पाका उमेरकाहरू मात्र छन् र जवानहरू शून्यप्रायः छन्। तर पछिल्लो समय जवानहरू सहित मण्डली आउनेहरूको क्रम बढिरहेको छ, जसलाई यहाँ “मौन जागृति” भनिएको हो। विश्वव्यापी मण्डली इतिहासमा भएका जागृतिहरूभन्दा फरक भएकाले यसलाई यो नाम दिइएको हो।

यसबारे सुन्दै गर्दा मैले नेपाली मण्डलीहरूलाई सम्झिएँ, जहाँ “जागृति” भन्ने शब्द नसुन्ने सायदै कुनै नेपाली इसाई होलान्। अझ यसो भन्न सकिएला कि यो एउटा सिद्धान्तझैँ बनेको छ र यही नारामा अनेक सभा र सेमिनारहरू आजपर्यन्त हरेक वर्ष निरन्तर चलिरहेका छन्। तर, ती जागृतिहरूबारे नभई नेपाली मण्डलीहरूमा मौन रूपमा चलिरहेको एउटा ‘विद्रोह वा विरोध’ बारे मलाई सम्झना भयो र यसरी “मौन विद्रोह” भन्ने लेखको अवधारणा फुऱ्यो। यो मौन विद्रोहको इतिहास कति अगाडिदेखि थियो भन्ने कुरा खोजकै विषय हुन्छ; किनकि यो कुनै सङ्गठित विचार, व्यक्ति वा झुण्डद्वारा डोऱ्याइएको छैन। यो केवल व्यक्तिगत चेतनाबाट निर्देशित छ र यसको कुनै सार्वजनिक मुहार छैन।

सामान्यतया कुनै पनि राष्ट्र वा समाजमा शासन वा शासक परिवर्तन गर्नका निम्ति विद्रोह हुने गर्दछ। “मण्डलीमा पनि विद्रोह हुन्छ र?” भनेर आम विश्वासीहरूले सोचेका पनि हुँदैनन् होला। तर, जब अनैतिकता, भ्रष्टाचार, व्यभिचार, नातावाद र कृपावाद जस्ता रोगहरू मण्डलीका सेवक वा पास्टरहरूमा देखा पर्न थाल्छन् र उनीहरू वचनको विशुद्ध प्रचार अनि जीवन जियाइमा चुक्छन्, तब मण्डलीभित्र विद्रोह जन्मिएका थुप्रै ऐतिहासिक नजिरहरू छन्। उदाहरणका निम्ति, रोमन क्याथोलिक मण्डलीबाट विद्रोह स्वरूप सुरु भएका प्रोटेस्टेन्ट मण्डलीहरू। नेपालमा मण्डलीहरू फुटेर (सहमति वा विवादमा) नयाँ सङ्गति सुरु भएका प्रसङ्गहरू प्रायः हामीलाई थाहै छ। त्यसो हुनुको पछाडि माथि उल्लिखित कारणहरूमध्ये कुनै एउटा नै मुख्य हुने गर्दछ।

मलाई सम्झना छ, हामी साथीभाइहरू चिया-कफी गफमा यस्तो भन्थ्यौँ— “चर्चहरूको सङ्ख्या सुसमाचार प्रचारको कारणले नभई फुटेर छरिएका कारण बढेको हो।” यसरी टुटेर जानेहरू प्रायः कुनै न कुनै अगुवाकै नेतृत्वमा जाने गर्दछन्। विशुद्ध सुसमाचार प्रचारबाट स्थापित र कतैबाट चोइटिएर स्थापित मण्डलीहरू कति सङ्ख्यामा छन् भन्नेबारे अनुसन्धान हुन बाँकी नै छ। सायद नेपाली मण्डलीबारे अध्ययन गर्न चाहनेका निम्ति यो एउटा शोधको विषय हुन सक्छ। यद्यपि, ती सारा मण्डलीहरू विशुद्ध रूपमा सुसमाचार प्रचार र चेलापनमा बढ्न समर्पित छन् भन्ने दाबी गर्छन्। बाइबलको वचनले प्रेममा चल्न र येशू ख्रीष्टको चेला बन्न सिकाउने भएकाले पनि इसाई समाजमा विगत बिर्सेर, वर्तमानमा सहकार्य गर्दै परमेश्वरको राज्य अगाडि बढाउन धेरैजसो मिलेरै अघि बढिरहेका हुन्छन्।

मण्डली इतिहासमा भएका ठूला विद्रोहहरूझैँ नेपालमा कुनै त्यस्तो सैद्धान्तिक विद्रोह भएको छैन। यहाँ धर्मशास्त्र वा ईश्वरशास्त्रीय शिक्षामा वादविवाद गरेर टुक्रिनेभन्दा धेरै व्यक्तिगत मनमुटाव र ‘इगो’का कारण मण्डली टुक्रिएका सन्दर्भहरू पाइन्छन्। तर मौन विद्रोहीहरूले भने त्यसरी तुरुन्तै अर्को मण्डली स्थापना गरिहाल्दैनन्। त्यसोभए किन “मौन विद्रोह” को कुरा त? प्रायः यस्तो विद्रोह गर्नेहरू मण्डलीमा स्वयंसेवक भई लामो समयदेखि सेवारत हुन्छन्। सङ्गीत, आराधना, बाल सङ्गति, जवान सङ्गति र वचन प्रचारसम्ममा यसरी खटिएका स्वयंसेवकहरूले मण्डलीको सेवामा ठुलो टेवा पुऱ्याइरहेका हुन्छन्। शिक्षित र वरदानले युक्त उनीहरू नेपाली संस्कृति अनुरूप अग्रजहरूको सम्मान गर्ने खालका हुन्छन्। तर, स्वयंसेवक रहँदै गर्दा स्थानीय पास्टर वा अगुवाहरूसँग उचित संवाद, सञ्चार, सहायता र परामर्श आदिको अभावका कारण धेरैजसो युवाहरू तीतोपनले भरिँदै मौन विद्रोह गर्न बाध्य हुन्छन्।

उनीहरू मनमा एउटा कुरा राखेर बाहिर अर्कै व्यवहार गरिरहेका हुन्छन्। यसरी लामो समयसम्म रहन नसक्ने र आफैँ पास्टर बनेर सेवा गर्ने ‘बोलावट’ बारे पनि प्रष्ट नभएका कारण, उनीहरू कुनै पनि वादविवाद नगरी आफूलाई सक्रिय सेवाबाट निष्क्रिय बनाउँछन्। कालान्तरमा कतिले सदस्यता नै त्याग्छन्। आफूले जाने-बुझेको बाइबलीय सत्यता विपरीत चलिरहेका पास्टरलाई पछ्याइरहने कि के गर्ने भन्ने दोधारमा परेर मण्डलीलाई चोट पुऱ्याउनुभन्दा, चुपचाप परमेश्वरकै हातमा सबै सुम्पेर उनीहरू अर्को कुनै मण्डलीमा सहभागी हुन्छन्। यो जानेर कि “सूर्यमुनि कुनै सिद्ध पास्टर वा मण्डली हुँदैन”, तथापि सत्यताको नजिक रहन चाहने मण्डलीकै अधीनता रोज्नु वाञ्छनीय हुन्छ। के यस्तो कुनै प्रसङ्गबारे तपाईंलाई थाहा छ? वा के तपाईं पनि ‘मौन विद्रोही’ त हुनुहुन्न?

निष्कर्षमा, ‘मौन विद्रोह’ कुनै चर्च फुटाउने वा नेतृत्व फेर्ने अभायान नभई मण्डलीभित्रको अस्पष्टता, संवादहीनता र विसङ्गति विरुद्धको एउटा शान्त प्रतिक्रिया हो। यसै प्रसंगमा एकजना दाजुको भनाईलाई उद्बृत गर्न चाहान्छु, “मण्डलीका खम्बाहरू मानिने युवा पुस्ताले आफ्नो भावना र बाइबलीय बुझाइको कदर भएको महसुस गर्दैनन्, तब उनीहरू हल्लाखल्ला नगरी बाहिरिन रोज्छन्। यो प्रवृत्तिले एकातिर मण्डलीलाई दक्ष जनशक्तिको अभाव त खड्काउँछ नै, अर्कोतिर नेतृत्वलाई आफ्नो कार्यशैली र आत्मिक गहिराइमाथि पुनरावलोकन गर्ने चुनौती पनि दिन्छ। त्यसैले, आजको आवश्यकता विद्रोहलाई दबाउनु होइन, बल्कि खुला संवाद र सुधारात्मक सोचमार्फत यस्ता ‘मौन विद्रोही’हरूलाई आत्मिक अपनत्व र सही मार्गदर्शन दिनु हो।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved