✍️ बिनोद रोकाया, स्कटल्याण्ड । यो सहरको संस्कृतिलाई हेर्दा र बुझ्द : म मन्दिरै मन्दिरहरू भएको सहरबाट चर्च नै चर्चहरू भएको सहरमा आएको पनि दुई वर्ष कटिसकेछ। विशेषत ७० बर्षको नेपाली इसाईमतमा हुर्किएर यसरि शताब्दिऔं अगाडि नै इसाईमत आएको देशमा आउंदा मैले जे देखेंबुझें त्यसैलाई छोटकरिमा यहां लेखेको छु। सुसमाचार नपुगेको कुनैपनि स्थान नरहेको यो देशमा अहिले सुसमाचार र त्यसप्रतिको विस्वास केकस्तो छ त भन्ने विचारमा यो केन्द्रित रहनेछ।
१) मानिस एक्लो रहन असल छैन भनेर परमेश्वरले सुहाउंदो जोडि (अर्को मानिस) बनाईदिनुभयो।
यो सहरका मानिसहरूले एक्लो रहन असल छैन भनेर राम्रोसंग बुझेका छन् तर कुकुरबिरालो पालेर संगै बस्दछन्। पशुलाई जुन स्थानमा यहां राखिन्छ मानौं हर कोहि यहां अर्को त्यस्तो कुराको चाह गर्छ जसलाई आफुले पुरा नियन्त्रण गर्न सकियोस् र आफुले जवाफदेहिता दिन नपरोस्। पशु अधिकार जायज छ तर कतै मानिसहरू आफु अधिनमा बस्न नरुचाउने तर अधिनतामा राख्नमात्रै चाह पहिल्याउने हो कि?
२) पुरूष र स्त्री विवाहको लागि परमेश्वरले बनाउनुभयो।
यो सहरमा सायद विवाह त्यस्तो संस्था बन्यो जो सबैभन्दा भ्रष्टताले पुर्ण पारियो। यहां मानिसहरू समलिंगिता र लिंग परिवर्तनमा लिप्त छन् र समाजले स्विकारेको पनि छ। स्कटिस राष्ट्रिय मण्डलिले पनि सो स्वीकारेर संस्कृतिलाई सुसमाचारमाथि राखेको छ। “स्वतन्त्रता” को पुर्ण सदुपयोग वा दुरुपयोग के भन्ने?
३) पारपाचुके वर्जित छ कारण यो ईश्वरीय करार हो र पुरूष स्त्री दुवै एक भई बलिदानि प्रेममा रहने सम्बन्ध हो।
तर यहां विवाह नगरि संगै वसेर बच्चाबच्ची पाएर अनि मात्र निर्णय गरिन्छ विवाह गर्ने कि भनेर। हुन त पश्चिमा संसार नै यस्तो बनिरहेको छ कि सन्तानहरू विवाह अघि जन्मिन्छन्। त्यो बिचमा मन नपरे छाडेर अर्कै रोजी हि्डंन पाईयो र यो संस्कृति व्यापक छ। त्यसरि संगै बसेकाहरू फेरि चर्चमै गएर धुमधामसंग विवाह पनि गर्ने गर्दछन्। सायद इसाईमत भर्खर फैलिंदै गरेको देशबाट आएर होला मेरा सुसमाचारका हरेक बुझाई यो समाज र संस्कृतिमा साघुंरो लाग्ने गर्दछ। हुन त त्यस्तो विस्वासलाई यहां कट्टरवादि भन्ने गरिंदो रहेछ। बहुसंख्यक रुपमा लिवरल इसाईहरू भएपनि अरु धेरै कट्टरवादि नै भनिएपनि बाईबलिय शिक्षामा अडिग रहि बढिरहेका छन् तर सानो संख्यामा।
४) सहरको बद्लिंदो धर्म
खासमा कुनै एक समयमा यहां लगभग हरेक घरघरानामा मण्डली जाने विस्वासीहरू हुन्थे। यहां भेटिने प्रत्येकका बाजेबोजुका दरसन्तानमा कोहि न कोहि चर्च जानेहरू नै थिए तर कालान्तरमा त्यो इतिहासमा पढिने घटनाना सिमित भएको छ। यो सहरमा अचेल केवल “रेन्जर्स” वा “सेल्टिक” फुटवल टोलिका फ्यानहरू मात्र छन् र तिनीहरूको निम्ती मण्डलि नै फुटवल स्टेडियम हो। ईश्वर भेट्ने मण्डली रित्तिदैछन्। फुटबल नै धर्म र एकअर्कासंग जोडिने वा संगत गर्ने माध्यम बनेको छ र यो संस्कृतिले निकै गहिरोसंग जरो गाडिसकेको देखिन्छ।
५) आराधनाको जीवनशैलिको साटो सांस्कृतिक इसाईमत Cultural Christianity
ख्रिष्टमस, ईष्टर लगायतमा यहां निकै अघिदेखि रमझम, सजिसजावट र चहलपहल हुदंछ तर ती कुनैपनि इसाईमत संग जोडिएको नभई केवल खोक्रो उत्सवमा सिमित रहंदछन्। हर कोहि त्यहां सहभागि हुंदछन् तर ख्रिष्टको नाम र कामबारे भने केहिपनि चाईंचुई हुदैन।
चांडै यस सहरका थप २४ वटा क्याथोलिक चर्चहरू बन्द हुंदैछन् भन्ने खबर पढ्दै गर्दा यस ग्लास्गो सहरबारे देखेभोगेका केहि कुराहरू लेख्न मन लागेर लेखें तथापि मेरा सिमित विचार, अनुभव, परिदृश्यका कारण धेरै कुराहरू तलमाथि होलान्। हुन त वेभसाईटमा बिक्रिमा रहेका सयौं चर्च भवनहरू पहिलेपनि देखेकै हो तरपनि किन यो देश वा समग्र पश्चिमा जगत् नै यस्तो अवस्था पुगेको होला भन्नेबारे बेलाबेला घोत्लिदां म यो पनि सोच्न बाध्य हुन्छु कि नेपाली इसाईमत कस्तो हुन्छ होला?






