आजकल सस्तो बजारमा सामान किनेको देख्छु,
यी तीनै नानी हुन् भनेर सबैले चिनेको देख्छु।
हिजो बिहे गर्न ढिलो भयो भनेर मलाई छोड्यौ,
आजसम्म लखर लखर एक्लै हिँडेको देख्छु।
बिहे गरेपछि नारी रिष्टपुष्ट हुन्छन् भन्थ्यौ
कहिले हुन्छ्यौ रिष्टपुष्ट शरीर छिनेकै देख्छु ।
मान्छे राम्रो देखिने त बैँसमा हो नि माया ,
आजकल भिड तिम्रो चासो नलिनेकै देख्छु ।।
श्रीराम रानाभाट (पोखरा )






