खोटाङ । श्रम संस्कृति पार्टीले केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा वडा समिति गठन गरेको छ। शुक्रबार आयोजित भेलाबाट विशाल दुमी राईको अध्यक्षतामा वडा समिति गठन गरिएको हो।
भेलामा श्रम संस्कृति पार्टीका प्रदेश सचिवालय सदस्य आशिष राईको प्रमुख आतिथ्यता रहेको थियो भने केपिलासगढी गाउँपालिका अध्यक्ष मिलन चन्द राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पार्टीका अगुवा नेताहरू अर्वचन राई, मधुराज राईलगायतको उपस्थिति रहेको थियो। भेलामा पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा पार्टीको गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
नवगठित वडा समितिले सुङ्देलमा पार्टीको संगठनलाई थप मजबुत बनाउँदै श्रम, उत्पादन र सामाजिक रूपान्तरणका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। भेलाले स्थानीयस्तरमा पार्टीको विचार र कार्यक्रमलाई जनतामाझ पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।










