Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्रष्टाहरूले सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र द्वारा ध्यानाकर्षण गराए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2026
206.7K shares

हिमांशु राय-मोरङ । प्रदेश प्रज्ञा-प्रतिष्ठान ऐन संशोधनका लागि स्रष्टाहरूले बुधवार कोसी प्रदेश सामाजिक विकास मन्त्री गीता तिम्सिनालाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छन् ।
‘कोसी साहित्य-कला परिषद् नेपाल’ को अगुवाइमा झापा,मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मन्त्री तिम्सिनालाई कोशी प्रदेशको राजधानी विराटनगरस्थित मन्त्रालयमा भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

‘कोसी साहित्य कला परिषद् नेपाल’ ले कोसी प्रदेशमा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा,सर्जक तथा संस्थाहरूको सहयोग, सहकार्यमा ऐन संशोधनका लागि लामो समयदेखि अन्तर्क्रिया,छलफल र बहस सञ्चालन गर्दै आएको छ। संस्थाले यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको थियो। मुख्यमन्त्री ऐन संशोधनको पक्षमा देखिएकै बेलामा सरकारमा फेरबदल आएको थियो। सहभागी दल फेरिएपछि ऐन संशोधनको कार्य अघि बढ्न नसकिरहेको परिप्रेक्षमा आफूहरूले मन्त्रालयमा पुगेर लिखित रूपमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले जानकारी दिएका छन् ।

लेखक तथा अनुसन्धानकर्ता विरहीले भने, ‘हामी लामो समयदेखि ऐन संशोधन गरेर मात्र प्रतिष्ठानको गठन हुनुपर्छ भन्नेमा छौँ। सरकारमा सहभागी दलमा फेरबदल भएकाले हामीले सामाजिक विकास मन्त्रीलाई भेटेर पुनः ध्यानाकर्षण गराएका हौँ।

यो पहिलाकै अभियानको निरन्तरता हो। स्रष्टाहरूबाट ज्ञापनपत्र बुझ्दै सामाजिक विकास मन्त्री तिम्सिनाले प्रतिष्ठानको स्वायत्तताको विषयमा आफू सकारात्मक रहेको बताउँदै यसलाई अध्ययन गरेर अघि बढ्ने बताइन् । उनले भनिन्, ‘म यसको अध्ययन गर्नेछु, म टिमसँग बसेर सल्लाह गर्छु। आवश्यक परेका यहाँहरूको पनि सल्लाह र सहयोग लिइनेछ।

मन्त्री तिम्सिनाले २०७९ सालमा आएको ऐनको कार्यान्वयन तथा यतिका समयसम्म पनि संशोधन हुन नसक्नुका कारणका बारेमा पनि जिज्ञासा राखेकी थिइन्। उक्त अवसरमा कोसी साहित्य-कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले अभियानको औचित्यका बारेमा प्रस्ट पारेका थिए भने प्राज्ञ सुभद्रा भट्टराई, अग्रज कलाकर्मी विक्रमश्री, रङ्गकर्मी भरत बर्बरिकले आआफ्ना धारणा राख्दै ऐन संशोधन गरेर मात्र अघि बढ्न मन्त्रीलाई सल्लाह दिएका थिए।

यसअघि पनि पटक पटक विभिन्न संस्था तथा व्यक्तिहरूका तर्फबाट पनि उक्त ऐनलाई संशोधन गर्न लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराइएको भएता पनि पछिल्लो समय सोही ऐनमा टेकेर प्रदेश प्रज्ञा-प्रतिष्ठानको गठन गर्ने तयारी गरिरहेको जानकारी पाएपछि स्रष्टा,कलाकारहरू ऐनलाई संशोधन गर्नु पर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

२०७९ सालमा जारी भएको ‘प्रदेश प्रज्ञा-प्रतिष्ठान ऐन’ मा मुख्यमन्त्री कुलपति,सामाजिक विकास मन्त्री सहकुलपति र मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको हो। सोही प्रावधानको विषयलाई लिएर स्रष्टा,सर्जक एवम कलाकारहरूले लामो समयदेखि यस विषय प्रति विमति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved